कार्यसम्पादन समिति बैठक : एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

कार्यसम्पादन समिति बैठक : एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं :  नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निष्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले जानकारी दिए ।

बैठकमा पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य डा. रामशरण महतले एमसीसी विशुद्ध विद्युत र बाटोको विकासका लागि भएको प्रष्ट पार्नुभएको थियो।नेता महतले एमसीसीको विषयमा आम जनमानसलाई बुझाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्राहमा नेता महतले एमसीसीबारे जानकारी गराए। बैठकले स्थानीय तहको निर्वाचन र भातृ एवम् शुभेच्छुक संगठनको अधिवेशनको विषयमासमेत छलफल गरेको छ। ‘बैठकमा एमसीसी पास गर्नुपर्छ भन्ने विषयमा छलफल भयो।भातृ एवम् शुभेच्छुक संगठनको केही स्थानीय चुनाव अघि र केहीलाई चुनावपछि पूर्णता दिने छलफल भएको छ’, नेता कोइरालाले भने ।

प्रतिक्रिया