सुरक्षित मातृत्व सञ्जाल महासंघको अध्यक्षमा देउवा

सुरक्षित मातृत्व सञ्जाल महासंघको अध्यक्षमा देउवा

काठमाडौं : सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको अध्यक्षमा डा.आरजु राणा देउवा भएकी छिन् । महासंघको बुधवार भएको पाँचौ केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा डा. देउवालाई अध्यक्षमा चयन भएकी हुन् । देउवा महासंघको संस्थापक अध्यक्ष समेत हुन् । महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि अध्यक्षमा डा. देउवा सहित १२ जना खुल्ला सदस्य र ७ वटा प्रदेशबाट ७ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनबाट खुला सदस्यमा दैलेखका सीता कुमारी राना, नुवाकोटका विष्णुराज नेपाल, काठमाडौंका रविन्द्रबहादुर प्रधान, सुनिल श्रेष्ठ, डोटीका प्रसिस महरा, बर्दियाका कृष्णजंग शाह, मोरङका डा. डिला संग्रौला, काठमाडौंकै सुर्यकुमारी श्रेष्ठ, नवलपुरका ओमकला गौतम, चितवनका शोभा रिजाल अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै प्रदेश सदस्य तर्फ प्रदेश नं. १ बाट मिना शुब्बा, मधेश प्रदेशबाट जयविर शाह, गण्डकी प्रदेशबाट ललितकला गुरुङ, बागमती प्रदेशबाट गंगालक्ष्मी अवाल, लुम्बिनी प्रदेशबाट गोपाल प्रसाद पन्थी, कर्णाली प्रदेशबाट रामजङ शाह र सुदुरपश्चित प्रदेशबाट मानबहादुर चन्द निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया