युवा क्लबलाई स्थानीय तहले दिने सेवा सुविधाबारे अभिमुखिकरण

युवा क्लबलाई स्थानीय तहले दिने सेवा सुविधाबारे अभिमुखिकरण

दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका युवा क्लबलाई स्थानीय तहले दिने सेवा तथा सुविधाबारे अभिमुखिकरण गरिएको छ । युवा क्लबका पदाधिकारी तथा सदस्यहरुलाई अभिमुखिकरण गरिएको हो । भैरबी गाउँपालिका वडा नं. ३ मा गठित युवा क्लबका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय तहले दिने सेवा सुविधाबारे एक दिने अभिमुखिकरण गरिएको हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा युवा क्लबका पदाधिकारी तथा सदस्यहरुलाई अभिमुखिकरण गरिएको हो । भैरबी गाउँपालिकामा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजना सञ्चालित छ । उक्त परियोजनाले युवा क्लबले सञ्चालन गर्ने क्रियाकलाप तथा कार्यक्रमहरुमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

प्रतिक्रिया