प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट ५ सय १३ बन्दीलाई आममाफी

प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट ५ सय १३ बन्दीलाई आममाफी

काठमाडौँ : प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदीबन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम फुर्वा शेर्पासहित देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको हो। अघिल्ला वर्षहरूमा पनि प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न घटनामा दोषी प्रमाणित भई बन्दी जीवन बिताइरहेकाहरूलाई राष्ट्रपतिबाट आममाफी दिने गरिएको थियो ।

प्रतिक्रिया