४३ वटा नागरिक संघ संस्थालाई नीति निर्माण तथा परिमार्जन तालिम

४३ वटा नागरिक संघ संस्थालाई नीति निर्माण तथा परिमार्जन तालिम

दैलेख : जिल्लाका नागरिक समाज संघ संस्थाहरुलाई नीति नियम निर्माण तथा परिमार्जन सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा दुल्लू नगरपालिकाका २६ वटा र आठबिस नगरपालिकाका १७ वटा गरी जम्मा ४३ वटा नागरिक समाज संघ संस्थाको नीति नियम, निर्देशिका तथा विधान विनियम परिमार्जन सम्बन्धि तालिम सम्पन्न भएको हो ।

दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

उक्त परियोजना अन्तरगर्त आयोजित तालिममा ४३ वटा समूह र सहकारीबाट ६० जनाको सहभागिता थियो । दुल्लूमा २ चरण र राकमकर्णालीमा एक गरी ३ चरण गरि ९ दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण सहकार्य परियोजनाका परियोजना संयोजक जीबराज रेग्मी र मिल अधिकृत धर्मराज बास्तोलाले सहजिकरण गरेका थिए ।

नागरिक समाज संघ संस्थालाई प्रस्तावना लेखन, लैङ्गिक समानता तथा समावेशिकरण, भ्रष्टचार बिरुद्धको नीति, श्रोत व्यवस्थापन निर्देशिका, आर्थिक तथा प्रशासन नीति तथा पञ्चबर्षिय योजना निर्माण तथा परिमार्जन सम्बन्धि जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए ।

प्रतिक्रिया