एमसीसी टेबल गर्ने यस्तो छ संसद्को कार्यसूची

एमसीसी टेबल गर्ने यस्तो छ संसद्को कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबल गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको अहिले बस्ने बैठकको कार्यसूचीमा एमसीसी राख्ने सहमति बैठकमा जुटेको हो ।

बैठकपछि संसद सचिवालयले जारी गरेको कार्यसूचीको तेस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने उल्लेख छ । कार्यसूचीमा लोकसेवा आयोग विधेयक र समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया