एमसीसी सम्झौता टेबल गरेर फागुन १२ गतेसम्म संसद स्थगित

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन ८, २०७८     ::: 101 पटक पढिएको   |  

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेर सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अवरोध कायमै राखेको थिए । एमसीसीको विरोधमा सांसदहरु देव गुरुङ, भीम रावल, प्रेम सुवाल र दुर्गा पौडेल बोलेका थिए । बैठकमा लोकसेवा आयोग विधेयक र राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन पनि पेश भएको छ ।



Leave a comment

Your email address will not be published.


*