पलाँतामा मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम सम्पन्न

पलाँतामा मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम सम्पन्न

कालिकोट : कालिकोटमा मर्यादित महिनावारी तथा सेनेटरी प्याड निर्माण तालिम सम्पन्न भएको छ । एईआएन लक्जेम्बर्गको सहयोग, पलाँता गाउँपालिका कालिकोटको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो ।

पलाँता गाउँपालिका वडा नं. थिर्पुमा सञ्चालित तालिममा २० जनाको सहभागिता रहेको थियो । महिला, शिक्षक, स्वास्थ्यकर्मी, युवा क्लबका पदाधिकारी एंव सदस्य, महिला स्वास्थ्य स्वंयम सेविका, पलाँता गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सहित २० जनालाई तालिम प्रदान गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिइन् । तालिममा मर्यादित महिनावारीका बारेमा छलफल गर्नुका साथै सेनेटरी प्याड निर्माण गर्न सिकाईएको सहायक कार्यक्रम निर्देशक गिरीको भनाई छ ।

आमा समुहका सदस्यलाई महिला नेतृत्व विकास तालिम

यसैबिच आमा समुहका सदस्यहरुलाई महिला नेतृत्व विकास तालिम समेत प्रदान गरिएको छ । पलाँता गाउँपालिका वडा नं. ७ देखि ९ सम्म रहेका ९ वटा आमा समुहका २१ जना सदस्यहरुलाई महिला नेतृत्व विकास तालिम प्रदान गरिएको हो । तालिम पलाँता गाउँपालिका वडा नं. ९ थिर्पुमा सञ्चालन भएको थियो । एईआएन लक्जेम्बर्गको सहयोग, पलाँता गाउँपालिका कालिकोटको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो ।

प्रतिक्रिया