बिहीबारको संसद् बैठकमा एमसीसी छलफलका लागि प्रस्तुत हुने

बिहीबारको संसद् बैठकमा एमसीसी छलफलका लागि प्रस्तुत हुने

काठमाडौं : बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे छलफल हुने भएको । संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल प्रस्तुत हुने उल्लेख छ । संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजे बस्दै छ । बैठकमा अर्थमन्त्री जनादैन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

‘अर्थ मन्त्री जनार्दश शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया