सुर्खेतको बुलबुले भेटिएको बम सेनाले निष्क्रिय पार्‍यो

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन १३, २०७८     ::: 104 पटक पढिएको   |  

सुर्खेत : सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला पेरेको छ । वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बम फेला परेको हो । बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको डीएसपी घर्तीले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*