मन्त्रिपरिषद्‍ बैठक : एमसीसी व्याख्यात्मक घोषणा पारित

          |   प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७८     ::: 114 पटक पढिएको   |  

काठमाडौँ : मन्त्रिपरिषद्‍को बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक घोषणा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन् । प्रतिनिधि सभा बैठक आइतबार साँझ साढे ६ बजे बस्ने तयारी भएको छ । आइतबार साँझ संसद्‍ बैठक सकिए लगत्तै संघीय संसद्को प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा मन्त्रिपरिषद्‍ बैठक बसेको थियो ।



Leave a comment

Your email address will not be published.


*