एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा

एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा भोली नेपाल बन्द हुने भएको छ । विप्लव नेतृत्वको नेकपालगायत ८ दलले एमसीसीको विरोधमा सोमवार नेपाल बन्द गर्ने भएका हुन् । संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा नेपाल बन्द आह्वान गरेका छन् । आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको वैठकले सो निर्णय लिएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले बन्द आह्वान गरेका हुन् । एमसीसी अनुमोदनका लागि अहिले प्रतिनिधिसभाको दोस्रो बैठक जारी छ ।

प्रतिक्रिया