सकियो ग्रामिण मर्मत तथा सम्भार कार्यकर्ता तालिम

सकियो ग्रामिण मर्मत तथा सम्भार कार्यकर्ता तालिम

तालिमले खानेपानी योजनालाई दिगो तथा गुणस्तरिय बनाउन सहयोग पु¥याउनेछ : अध्यक्ष थापा

दैलेख : दैलेखको दुल्लु नगरपालिकामा सञ्चालित ग्रामिण मर्मत तथा सम्भार कार्यकर्ता (भिएमडब्लु) तालिम सकिएको छ । तालिम १० दिनसम्म सञ्चालन भएको थियो । हेल्भेटास नेपालको आर्थिक सहयोग तथा दुल्लु नगरपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले तालिमको आयोजना गरेको थियो ।

तालिममा दुल्लु नगरपालिका, महाबु गाउँपालिका र डुंगेश्वर गाउँपालिकाका गरी २८ जना सहभागिता थिए । यी तीन वटा स्थानीय तहमा हेल्भेटास नेपालको सहयोग र सोसेक नेपाल दैलेखको सहजिकरणमा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम सञ्चालित छ ।

सहभागिलाई खानेपानी योजनाको संरचना निर्माण सम्बन्धी सम्पूर्ण सीपहरु सिकाईएको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड संयोजक महेन्द्र अधिकारीले जानकारी दिए । तालिमको प्रशिक्षकको रुपमा हेल्भेटास नेपालको वास अधिकृत सन्जु श्रेष्ठ, जुनियर वास अधिकृत गणेश लम्साल र सामाजिक सेवा केन्द्र (साेसेक) नेपालका प्राविधिक निरीक्षक भरत रिमाल थिए ।

तालिम समापन कार्यक्रममा सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा, दुल्लु नगरपालिका–७ का वडाध्यक्ष लालबहादुर रावत लगाएतको उपस्थिती थियो । समापन कार्यक्रममा सोसेक नेपालका अध्यक्ष थापाले ग्रामिण मर्मत तथा सम्भार कार्यकर्ता (भिएमडब्लु) तालिमले खानेपानी योजनालाई दिगो तथा गुणस्तरिय बनाउन सहयोग पु¥याउने बताए । उनले यो तालिम जनशक्ति उत्पादनका लागि सञ्चालन भएको समेत उल्लेख गरे ।

प्रतिक्रिया