भीम रावल र विप्लवको भेटवार्ता : देशभक्तको मोर्चा बनाउन जोड

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७८     ::: 93 पटक पढिएको   |  

काठमाडौं : एमाले नेता भीम रावलले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गरेका छन् । बिहीबार विप्लव र नेता खड्ग विश्वकर्मा नेता रावलको निवासमा पुगेका थिए । भेटमा विप्लवले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिए ।

भेटवार्तापछि ट्वीट गर्दै नेता रावलले देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने बताएका छन । ‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो, उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो’, भेटपछि रावलले ट्वीटरमा लेख्नुभएको छ, ‘देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’

विप्लवका सहयोगी असल क्षेत्रीका अनुसार एमसीसी विरुद्ध राष्ट्रवादी क्रान्तिकारी एक भएर लड्ने र आन्दोलनको बलमा यसलाई खारेज गर्ने विषयमा कुराकानी भएको छ। ‘भेटवार्तामा क्रान्तिकारी ध्रुवीकरणलाई निष्कर्षमा लाने र जनताको आमूल परिवर्तनको आकाक्षालाई ध्यानमा दिएर समाजवादी व्यवस्था निर्माणको पहल गर्ने गरी छलफल भएको छ’, भेटपछि क्षेत्रीले भने ।



Leave a comment

Your email address will not be published.


*