मृतकका परिवारलाई खाद्यान्न सहयोग

दैलेख : कलिलै उमेरमा ज्यान गुमाएका खड्गबहादुर पुनको परिवारलाई खाद्यान्न उपलब्ध गराईएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल÷बाल हेल्पलाइन १०९८ ले खाद्यान्न उपलब्ध गराएको हो । शनिवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सल्लाहकार समिति संयोजक सीता कुमारी राना, सोसेक नेपालका अध्यक्ष हीरासिंह थापाले घरमै पुगेर खाद्यान्न सहयोग उपलब्ध गराएका हुन् ।
डुङ्गेश्वर गाउँपालिका–१ चुप्रा बजारमा बसोबास गर्दैै आएका पुनको ३९ बर्षको उमेरमा निधन भएको थियो । पुनको श्रीमती, नाबालक दुई छोरा र एक छोरी छन् । उनिहरु डुङ्गेश्वर गाउँपालिका–५ बाट घरजग्गा बेचेर चुप्रा बजारमा भाडाको घरमा बसोबास गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । कलिलै उमेरमा ज्यान गुमाएका पुनको श्रीमती र नाबालक दुई छोरा किरिया बसिरहेका छन् । पुनको परिवार लामो समय भारतमा बसेर फर्किएका हुन् ।
प्रतिक्रिया