एमसीसीको टेन्डरमा भाग लिनूस् : प्रधानमन्त्री देउवा

एमसीसीको टेन्डरमा भाग लिनूस् : प्रधानमन्त्री देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताए ।

नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन उनले आग्रह गरेका हुन् । अमेरिकी कानुनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेन्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए । नेपाल प्रतिस्पर्धामा भाग लिएर सफल भए नेपालीहरु खुशी हुने उनले बताए ।

‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेन्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ यो । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबभन्दा पहिले हामी खुसी हुनेछौँ । अन्तर्राष्ट्रिय बिडिङ हुने हुनाले अमेरिकालाई बाध्यता छ अमेरिकन कानुनले अन्तर्राष्ट्रिय बिडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन् । चीनका होस् । भारतको होउन् । नेपालकै हुन सक्छन्,’ उनले भने ।

प्रतिक्रिया