माओवादी केन्द्र कर्णालीमा पदाधिकारी चयन

माओवादी केन्द्र कर्णालीमा पदाधिकारी चयन

सुर्खेत : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको पदाधिकारी चयन गरिएको छ । प्रदेश समितिको बुधबार र बिहीबार सुर्खेतमा बसेको बैठकले पदाधिकारीसहित ११ जनाको कार्यालय टिमको टुंगो लगाएको हो ।

निर्णयअनुसार अध्यक्षमा विमला केसी, उपाध्यक्षहरुमा कर्णबहादुर बुढाथोकी, कृष्ण जिसी, ढकवीर राणा, सचिव धनजित शाही, सहसचिव वीरबहादुर कुँवर, बिर्खबहादुर थापा, लालकेश जैसी र कोषाध्यक्ष मालबहादुर रोका चयन भएका छन् । कार्यालय टिममा प्रेम कटुवाल र रातो कामीसहित ११ जना रहेको माओवादी कर्णालीले जनाएको छ ।

माओवादी प्रदेश सम्मेलन मंसिर २५ गतेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको थियो । सम्मेलनबाट पदाधिकारी चयन नभएपछि २ सय ११ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो । सम्मेलनलगत्तै अध्यक्षमा निर्विरोध केसी यसअघि कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री थिइन् । उनी २०४६ सालदेखि राजनीतिमा आबद्ध भएकी हुन् ।

प्रतिक्रिया