भीरबाट खसेको ढुंगाले लागेर कार्यालय सहयोगीको मृत्यु

भीरबाट खसेको ढुंगाले लागेर कार्यालय सहयोगीको मृत्यु

दैलेख : दाउरा काट्दै गर्दा भीरबाट खसेको ढुंगाले चोट लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका ६ नं. वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) खगिराम सारुले जानकारी दिए ।

घर नजिकैको दाडीखोला भन्ने जंगलमा रुखमा चढेर काटेको सुकेको हाँगा भित्तामा ठोकिएर खसेको ढुंगा खत्रीको टाउकोमा लागेर घाइते भएपछि उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा ज्यान गएका असई सारुले बताए ।

घरकै भाई र छिमेकी समेत दाउरा काट्न संगै गएका कारण घाइतेलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल लैजादै गरेकोमा भगवतीमाई गाउँपालिका–१ हुलाक टाकुरा पुग्दा उनको ज्यान गएको मृतकका बुबा दिलबहादुर खत्रीले    बताए ।

प्रतिक्रिया