कक्षा १२ को परीक्षा जेठ १६ देखि

कक्षा १२ को परीक्षा जेठ १६ देखि

काठमाडौँ : कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो ।

प्रतिक्रिया