देश विकासकालागि एमसीसी पास गरिएको हो : प्रधानमन्त्री देउवा

देश विकासकालागि एमसीसी पास गरिएको हो : प्रधानमन्त्री देउवा

खोटाङ :  प्रधानमन्त्री शेरबहादुर देउवाले देश विकासकालागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गरिएको बताएका छन् । मोटरेबल पक्की पुल उद्घाटन गर्न खोटाङ आउनु भएका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । केही व्यक्तिले राष्ट्रघाती भनेर गलत प्रचार गरे पनि एमसीसी नेपालको पक्षमा र विकासको पक्षमा रहेकाले संसदबाट पास गरिएको प्रधानमन्त्री देउवाको भनाई छ ।

यस्तै प्रधानमन्त्री देउवासँगै पुल उद्घाटन गर्न खोटाङ आएका नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाल विश्वको जलस्रोतको दोस्रो ठुलो देश भएको उल्लेख गर्दै जलस्रोतको सदुपयोग गरेर देशमा आर्थिक बृद्धि गर्न सकिने बताए । जसलाई अब एमसीसीले सघाउने मन्त्री चौधरीले बताए ।

४० मिटर लम्बाई रहेको पक्की पुल निर्माण सम्पन्न पश्चात केही समय अगाडि नै सञ्चालनमा आइसकेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा रहेको सो पक्की पुल संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु. दुई करोड बजेटमा निर्माण गरिएको हो ।

मूल्य अभिवृद्धि करसहित रु. पाँच करोड ६० लाखरुपैँया मा निर्माण सम्पन्न भएको मोटरेबल पक्की पुल वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको थियो । पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुंगा र वराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ ।

प्रतिक्रिया