अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौंः अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । अभिनेत्री मानन्धरलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै करिश्माले देशको परिवर्तन र समृद्धिका लागि एमाले रोजेको बताइन् ।

उनले भनिन्, ‘आजबाट नेकपा एमालेमा रहेर राजनीति गर्ने अठोट गरेको छुँ । त्यसैले म यहाँ छु, त्यो मुलुकको परिवर्तन र समृद्धिका लागि काम गर्ने अठोट लिएको छु । यहाँका साथीहरुसँग जोडिन आँट गरेको छुँ । ‘ उनले आफूले  संघर्ष, दुःख,त्याग गरेर यो स्थानमा आइपुगेको बताइन्।

‘मिहिनेत संघर्ष मुलुकका लागि गरेको थियो । मलाई धेरै हौसला प्रेरणा पनि मिल्यो । मलाई कलाकारको नाताले चिन्नुहुन्छ । मलाई नजिकबाट चिन्नेहरुले रोकिनु हुँदैन भन्ने सुझाव पनि दिनुभयो । बगिरहेको ढुंगामा कहिल्यै पनि लेउ लाग्दैन भन्ने छ नी त्यहि नै गरेको हुँ ।’

अभिनेत्री करिश्मा मानन्धरले एमाले रोज्नुका तीन कारण

पहिलो : नेता भनेको जनताको अगुवा हो । जनतालाई भिजन देखाउने व्यक्तित्वले हो । नेता भनेको जनताको भविष्य सुनिश्चित गर्ने पात्र हो । त्यो गुण एमाले अध्यक्ष केपी ओलीमा पाउँछु । उहाँमा प्रतिवद्धता, क्षमता,कुशलता छ । उहाँ जहिले पनि सक्रिय रहनुहुन्छ । केपी ओलीको इनर्जी देखेर चकित भएको छुँ । एकदिन गएर उहाँलाई भेटे । उहाँको कुरा सुनेर म कहिलै थाक्दिन । उत्साहजनक, प्रेरणादायी कुराहरु उहाँले गर्नुहुन्छ । मेरो विचारमा त्यो मैले मात्रै होइन । अर्को पार्टीको मान्छेले पनि अध्यक्षज्यूका गुणगान गाएकै हुन्छन् ।

दोस्रो : सबैले गणतन्त्र, लोकतन्त्रका कुरा गर्छन् । तर, एमालेले लोकतन्त्र र समृद्धिको वास्तविक एजेण्डा बोकेको छ । एमालेले समानता र सामाजिक न्यायसहितको समृद्धि हाँसिल गर्दै समाजवादसम्म जाने बाटो लिएको छ । महिलालाई अगाडि बढाउन यो पार्टीको भूमिका अग्रणी रहेको छ ।

तेस्रो : अधिकांश व्यक्तिले यो पार्टीप्रति सद्भाव राख्छन् । वृद्धदेखि युवाको मनमनमा छ एमाले । एमाले भनेको अहिलेको अवस्थामा ठूलो पार्टी हो । आफ्नो भूमिका सशक्त अगाडि बढाएको छ । उनले वर्षौदेखि योगदान दिएकाहरु पनि यो पार्टीमा  रहेको बताइन्हु। ‘ बार्गेनिङ हो कि भन्ने पनि साथीहरुको मनमा लागेको होला । यो कुनै सौदाबाजी होइन । म नितान्त एमाले कार्यकर्ता भएर जोडिन आएको हुँ । पार्टीले मेरो मुल्यांकन गर्छ भने पछि हट्दिन्,’ उनले भनिन्।

प्रतिक्रिया