सत्ता गठबन्धनको बैठक : निर्वाचन तयारी तथा अनुगमन समिति गठन

सत्ता गठबन्धनको बैठक : निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं : सत्ता गठबन्धनको मङ्गलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । चुनावी गठबन्धन सम्बन्धमा छलफल गर्न बसेको यस बैठकले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले सत्ता गठबन्धनको बैठकले सो समिति गठन गरेको जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रिफिङ गरेकाे उनले बताए ।

यसैगरी, देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारका तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीलगायत गठबन्धन दलका शीर्षनेता सहभागी थिए ।

प्रतिक्रिया