गोपीकृष्ण र स्थानीय चुनाव

गोपीकृष्ण र स्थानीय चुनाव

विन्स्टन चर्चिल भन्छन् ‘यदी हामीले विगत र वर्तमान बिचको विवादलाई हे¥यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौँ ।’

नमस्ते गोपीकृष्ण, आराम छौ ?

आरामै छु नेता ज्यु ।

तिमीलाई थाहा छ ? यसपाली म फेरी चुनाव लड्ने हो सहयोग गर है ।

गोपीकृष्ण : हुन्छ नेता ज्यू ।

एक लहर मानिसहरुको भिडमा कुनै नेता देखिन्छन् । कार्यकर्ता नेता देखेर अलि रिसाउँछँन् । नेताका चम्चाले कुरा बुझाउँछन नेता मुन्टो हल्लाउछ । गाउँमा न पानी छ । न गतिलो हिड्ने बाटो र मोटर चल्ने सडक छ । न सुविधा युक्त अस्पताल छ । त्यहि हिले सडक धुले सडक । दिनहुँ कुद्ने सवारी साधनले मानिसको स्वास्थ्यलाई असर पारिरहेको हुन्छ । बिजुली पनि छैन् । बैकल्पिक उर्जा पनि छैन । छ त् केवल टाउकोमा भारि डोको र नाम्लो । मुस्किलले ६ महिना खान पुग्छ । नेता कस्तो छान्ने हो भनेर यसो हेर्दा स्कुलमा बसेर भ्रष्टाचार गरेका । उपभोक्ता समितिमा बसेर काम बिगारेर हेर्ने नसकिने । सिमेन्ट भन्दा बढी वालुवा राखेर धारा बनाएर पैसा कुम्लायाउने । वन समितिमा बसेर भ्रष्टाचार गरेका । सांसद विकास कोष खाएका । कागजमा नक्कली काम गरि जहान पालेका । गाउँमा त् यस्ता पो चुनाव मा उठ्ने भए त् । विचरा !!

गोपीकृष्ण अहिलेको राजनीतिक कार्यकर्ता देखेर अचम्म पो छ त् । अदालतले नो भोट को सुविधा देउ भन्दा नेता दिदैनन् । चुनावमा भोट नदिउ आफ्नो हक गुम्ने डर । दिउ यस्ता नर पिचासुलाई कसरी दिउ । गोपीकृष्ण दंग छ । उता नेता हुने सुर कसेकाहरु फेरी गुलियो पोको बोकेर गाउँ छिरिसके । कसो गर्ने होला, आजभोली गोपीकृष्ण तनावग्रस्त छ । शहरबाट उसका साथिहरु पनि आएका छन । अलि पढेका र बुझेका युवाहरु धेरै समय पछी गाउँ छिरे । बाटो भरि धुलै धुलो । खाने पानी फोहर । बिजुली अस्पताल । शिक्षा सब देख्दा उनिहरु त् जिल्ल । अरे यार !!! फेसबुकमा त् १० मिटर चौडा बाटो, खेल मैदान, स्मार्ट सिटी, अरु के के हो । प्रचार त् खुब गर्थे त् । यहा त् हालत उस्तै छ त् ।

गोपीकृष्ण आजभोली दिनहुँ पार्टीको बैठकमा जान्छ । नेताका कुरा सुन्छ अनि घर फर्किन्छ । आजभोली उ दंग छ । जसले पनि म म म म, भनेको सुन्दा । किन नेता हुने ? के का लागि हुने ? के गर्न हो ? विकास निर्माण र जनतालाई सुखी बनाउने मार्ग चित्र के हो ? अरुको अभ्यास कस्तो छ ? पार्टीका नेता भन्छन् केबुलकार ल्याउने हो । रेल कुदाउने हो ? पानीको धारा बनाउने हो । सुरुंग बनाउने हो । गाउँ पिछे सडक बनाउने हो । यी सबै काम पाचँ वर्षमै पुरा गर्न हो । अचम्म छ । राणा, राजा, संवैधानिक राजतन्त्र गयो । गणतन्त्र आयो ।

गोपीकृष्ण नेतालाई प्रश्न गर्छ ?

किन हामी कहाँ यस्तो भईरहेको छ बिजुली पानीको लोडसेडिङ । राज्यका सेवा लिदा घुस किन ? दिनहँु जसो बलात्कारका घटना । महिला हिंसा र असुरक्षा किन ? सडकमा गाईबस्तु छाडा । अनियन्त्रित यातायात र साँघुरा सडक । सडकमा बिजुली खै । सडकमा खाल्डा किन ? शैक्षिक क्षेत्रमा माफिया किन ? सदनदेखि सडकसम्म किन राजनीतिककरण ?

नेता अकमक्क हुन्छ !!

भो गोपी धेरै अर्ति नदेउ ।

गोपीकृष्ण यतिकैमा थाक्दैन, भन्दै जान्छ गोपीकृष्ण नेतालाई सुझाव दिन्छ :

उम्मेदवारले कम्तिमा यी कुराहरु जानेर बिजयपछि लागु गरेमा ।
१.आफ्नो पालीकामा खेती योग्य जमीन कति छ ? सिंचाई सुविधा कति जमीनमा छ ? असिंचित जमीन कति छ ?
२. मुख्य कुन कुन बाली/तरकारी,माछा मासु उत्पादन हुन्छ ?
३. कुन बाली/तरकारी/फलफुल तथा माछा मासु कति उत्पादन हुन्छ ?
४. उत्पादनले पालीकाको जनसंख्यालाई कति दिन, महिना, बर्ष खान पुग्छ यसको बिबरण हुनु पर्छ ?
५. नपुग अन्न/तरकारी/फलफुल तथा माछा मासु आउने पाँच बर्षको कार्यकालमा कसरी पालिका आत्मनिर्भर हुन्छ त्यो हुनु पर्दछ ?
६. उत्पादन के कति परिणाम बाहिरि पालिका, जिल्लामा निर्यात हुन्छ ?
७. शिक्षा क्षेत्रको विकास, गुणस्तर कुन पालिकामा राम्रो छ ?

यसरी सबै पालिकामा सबै राजनीतिक पार्टीले कम्तिमा यी कुरा राखेर अठोटका साथ काम गर्ने हो भने नेता ज्यू आउँदो पाँच वर्षमा धान, चामल, मकै, तरकारी, फलफुल तथा माछामासुमा र शिक्षा लिन विदेश गएको अर्बौ रुपैयाँ बचत भई अहिलेको व्यापार घाटा रोक्न सकिन्छ ।

गोपीकृष्णका कुरा सुनेर नेता कुलेलाम ठोक्छन ।

जम्मा भएका मानिस सबैले गोपीकृष्णको जयजयकार गर्छन ।

गाउँमा चुनावको माहोल बढिरहेका बेला जसरी गोपीकृष्णले नेतालाई प्रश्न सोध्ने र आफ्नो योजना नेतालाई सुनाउने आँट राख्यो । तपाई र हामीले पनि यसरी नै प्रश्न गरौँ । चुनावमा पैसा खाएर होईन प्रश्न गरेर भोट दिऔँ । योजनाका पोकाहरु हेर्दा कतिका तथ्यमा आधारित छन् ? त्यसलाई पनि ध्यान दिनु पर्ला । हावादारी हाम्रो देशको पैसा र जनशक्ति र प्रविधिले नधान्ने हुन सक्छन यी सबै कुरालाई ध्यान दिनुपर्ला । राष्ट्रवादको नक्कली सक्कली कुरा औला त्यसलाई पनि ध्यान दिनुहोला । गोपीकृष्ण कुरा सुनेर जनताहरु खुशी हुन्छन र घर तिर जान्छन । जब नेता गाउँ पस्छन । कोहि रुपैयाका कुरा गर्छन । कोहि विकासका तर जनता एकमत छन । सबैका कुरा सुनेर पनि सवल अवल र योग्य सहि विकासको खाका बोक्ने पार्टी र नेतालाई मात्र यहाँ हाम्रो नै हेरौ तर राम्रो हेरौ । अरुको पनि राम्रो छ भने त्यलाई नै छानौ । अहिले नसोचे कहिले सोच्ने । अहिले नसोधे कहिले सोध्ने । हाम्रो होईन राम्रो । भ्रष्टाचार गर्न र गराउनेलाई होईन कुलो धारो र स्कुलको बजेट खानेलाई होईन । स्वच्छ छवी भएको पाको योजना बनाउने र कार्यान्वयन गर्न सक्ने । म होइन हामी र हाम्रो भन्ने भावनाको विकास भएको मानिसलाई यसपालीको स्थानीय चुनावमा भोट दिउ । आफ्नो हकलाई बलियो बनाऔँ । आफ्ना आफ्ना पालिका जाऔँ । स्थानीय चुनावमा भ्रष्टाचार र गलत कुराको भण्डाफोर गरौँ । समाज परिवर्तनका लागि लाग्ने र सोच्नेलाई भोट दिउ । विकास र सुशासनका लागि लाग्ने लाई भोट दिउ । समय र गति अनुसार हिड्नेलाई भोट दिउ । जसले हामी र हाम्रो कल्याण होस् दिन दुखीहरुको कल्याण गरोस । राम्रो शिक्षा र दिक्षाको विकास गर्न मद्धत गरोस । निशुल्क स्वास्थ्यको विकास होस् । भय मुक्त रुपले दिदीबहिनी बाटोमा घुम्न पाउन । भ्रष्टाचार नभएको देख्न पाउने गरि काम भएको हेर्न सकियोस् । भन्दै गोपीकृष्ण साथीहरु माझ बिदा हुन्छ ।
जय चुनाव

 

प्रतिक्रिया