निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत, नयाँलाई जिम्मेवारी

निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत, नयाँलाई जिम्मेवारी

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि नियुक्त गरेको ७१ जना निर्वाचन अधिकृतलाई मंगलबार हटाएको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त गरेको ७१ जना निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको सूचना जारी गरेको हो।

रिक्त भएका स्थानीय तहमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम देहायका नेपाल सरकारका राजपत्राङ्कित द्वितिय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई चैत्र २९ देखि लागु हुने गरी सम्बन्धित स्थानको निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगले जनाएको छ।

आयोगले नयाँ नियुक्त भएका निर्वाचन अधिकृतहरूले निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ। निर्वाचन अधिकृतको पदमा नियुक्त कर्मचारीको नियुक्ति पत्र अभिमुखीकरण कार्यक्रमकै दिन उपलब्ध गराइने आयोगको भनाई छ। यसैगरी १६ स्थानीय तहका निर्वाचन अधिकृतको स्थानीय तहमा परिवर्तन गरिएको छ।

प्रतिक्रिया