यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौंः  सरकारले जेष्ठ नागरिकहरूलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को बिहीबार  बैठकको निर्णय सार्वजनिक गर्दै सरकाका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका हुन्।

यस्तै  बैठकले  हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले अमलेखगंज सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।  बैठकले पश्चिम सेती कोरिडोर ४०० के.भी. प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भएको छ । लाटिनाथ ३३ के.भी. प्रसारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको हो।

श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासका न्यायाधीश बासुदेव आचार्यलाई तोकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोक्ने निर्णय गरेको छ ।

राजश्व न्यायाधिकरण पोखराको कानून सदस्य एवम् अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई तोक्ने निर्णय गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर, वीरगंज इजलासका माननीय न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्ने निर्णय गरेको छ।

cabinet nirnaya

प्रतिक्रिया