दैलेखमा कालिदत्त गुल्मद्वारा बार्षिकोत्सव

दैलेखमा कालिदत्त गुल्मद्वारा बार्षिकोत्सव


दैलेख : गत महिना मात्र सालझुण्डीबाट स्थानान्तरण भई दैलेख आएको नेपाली सेनाको कालिदत्त गुल्मले बिहीवार २३७ औं वार्षिकोत्सव मनाएको छ ।

भर्खरै गुल्म सरेर आएको, निर्वाचन सुरक्षामा ध्यान दिनु परेको कारण सेनाको आन्तरिक सहभागितामा दिवस मनाइएको गुल्मपति सेनानी बिनोद चौलागाईले जानकारी दिए ।

गुल्मका पदिकहरुले दुई समूहवीच डोरी तानातान लगायतका खेलकूद प्रतियोगिता र नाचगान गरेर दिवस मनाइएको बताइएको छ । बहादुर शाहको पालामा विक्रम सम्वत १८४२ मा स्थापना भएको कालिदत्त गुल्म अंग्रेजसंग नेपाली भूमि जोगाउन लडेको थियो ।

विक्रम सम्वत १९०५ मा सेनाको संख्या घटाउन लाग्दा विघटन भएकोमा सेनाको संख्या बढाइएपछि जंगी अड्डाले २०५७ मा पुनःस्थापना संस्थापना गरेपछि वैशाख १ गतेलाई कालिदत्त गुल्मको वार्षिकोत्सव मनाउने गरिन्छ ।

प्रतिक्रिया