निःशुल्क स्वास्थ्योपचारदेखि कब्जा गरिएका सार्वजनिक जमिन र सम्पत्तिहरूको खोजी गर्नेसम्म

निःशुल्क स्वास्थ्योपचारदेखि कब्जा गरिएका सार्वजनिक जमिन र सम्पत्तिहरूको खोजी गर्नेसम्म

एकीकृत समाजवादीको घोषणापत्र 

काठमाडौं : नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।

घोषणापत्रमा स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने भनिएको छ। यस्तै, रोग लागेर उपचार भन्दा रोग लाग्न नदिने जनस्वास्थ्यका मापदण्ड लागु गर्ने काम स्थानीय सरकारले प्राथमिकताका साथ गर्ने घोषणापत्रमा उल्लेख छ।

चुनावी घोषणापत्रमा सीपमूलक, प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखीने भनिएको छ। दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ अवधारणाअनुसार प्राविधिक शिक्षामा जोड दिइने उल्लेख छ।

हेर्नुहोस् घोषणापत्र :

कीकृत समाजवादीको घोषणापत्र

 

 

प्रतिक्रिया