गठबन्धनमा मिल्यो भागबन्डा

गठबन्धनमा मिल्यो भागबन्डा

काठमाडौँ : सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको बैठकले महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाएको हो ।  जसअन्तर्गत कांग्रेसले ३ महानगर र ७ उपमहानगरसहित ३ ठाउँको उपप्रमुख पाउने भएको छ।

कांग्रेसले महानगरतर्फ काठमाडौं, ललितपुर र विराटनरको प्रमुख पाउँदा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुख पाउने भएको छ। त्यस्तै उमहानगरतर्फ धरान, इहटरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख र जितपुर सिमरा, घोराही र हेटौंडाको उपप्रमुख पाउने भएको छ।

त्यस्तै माओवादीले महानगरतर्फको प्रमुखमा भरतपुर र उप्रमुखमा ललितपुर पाएको छ भने उपमहानगरतर्फ जितपुर सिमरा र घोराहीको प्रमुख र धरान र धनगढीको उपप्रमुख पाउने भएको छ।

त्यस्तै एकीकृत समाजवादी पार्टीले महानगरतर्फ पोखराको प्रमुख र काठमाडौंको उपप्रमुख पाउने भएको छ भने उपमहानगरतर्फ हेटौंडाको प्रमुख र इटहरी, बुटवल र तुलसीपुरको उपप्रमुख पाउने भएको छ।

त्यस्तै जनता समाजवादी पार्टीले महानगरतर्फ वीरगञ्जको प्रमुख र विराटनगरको उपप्रमुख र उपमहानगरतर्फ जनकपुरको प्रमुख र कलैया र नेपालगञ्जको उपप्रमुख पाउने भएको छ।

सहमति पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया