सांसद शाहीको ‘छाउगोठदेखि संसद्सम्म’

सुर्खेत : हुुम्लाका सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक सार्वजनिक भएकाे छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गरिसकेका छन् ।
सांसद शाहीले पुस्तकमा आफू विकट दुर्गम गाउँमा जन्मिएदेखिको अनुभव र पहिलो महिनावारीपछि छाउगोठमा बस्दा भोगेका कठिनाइलाई समेटेकी छन् । अहिले पनि महिलाहरु महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने बाध्यात्मक यथार्थलाई पुस्तकमा उल्लेख गरेकी छन् ।
छाउगोठमा बसेको बेला भोगेका पीडा, कतिपय महिला रोगकाे शिकार भएको कुरालाई पनि पुस्तकमा समेटिएकाे छ। आफू संसदमा पुगेको कारण छाउगोठमा बस्नु नपरेको भए पनि कर्णाली र सुदुरपश्चिमका अधिकांश महिला अझै पनि महिनावारीको समयमा छाउगोठमा बस्नुुपरिरहेको विषय पुस्तकमा समेटिएको छ ।
समाजका गन्ने मान्ने व्यक्तिहरुबाट छाउपडीविरुद्ध बाहिर आवाज आउने गरेको भए पनि व्यवहारमा त्यो देखा नपरेको कुरालाई पनि पुस्तकमा समेटिएको छ । त्यसै सांसद शाहीले आफूले २०७४ सालमा समानुपातिकतर्फबाट सांसद निर्वाचितदेखि संसदमा आफूले खेलेको भूमिकाका बारेमा पनि उल्लेख गरेकि छन् ।
प्रतिक्रिया