सल्यानमा अवैध घरेलु मदिरा नष्ट

सल्यानमा अवैध घरेलु मदिरा नष्ट

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका पालिकाका विभिन्न स्थानबाट दुइ हजार एक सय ४१ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ववैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मदिराका कारण अमानवीय गतिविधि बढ्न नपाओस् भन्दै सुरक्षा व्यवस्था कडा बनाउन अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको हो ।

प्रहरीले बरामद गरेको अवैध मदिरा ७ सय ५५ र कच्चा पदार्थ एक हजार तीन सय ८६ लिटर रहेको छ । मदिरासँगै नौ सेट भाँडाकुडा समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार शारदा नगरपालिका २, ३, ४ र बन्गाड कुपिन्डे नगरपालिका ९ बाट एक हजार चार सय ५०, बाग्चौर नगरपालिकाबाट २ सय ६५ र श्रीनगर आसपासबाट ४ सय ५ र कपुरकोटबाट २१ लिटर बरामद गरेको छ ।

बरामद गरेको मदिरा तथा कच्चा पदार्थ स्थानीय, बुद्धिजीवी, पत्रकार, राजनीतिक दलका नेता लगायत अन्यको रोहबरमा नष्ट गरिएको खड्काले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न र समाजमा भएको विकृति र विसंगतिलाई रोक्न मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया