एआइजी पोखरेल रिट बोकेर सर्वोच्चमा

एआइजी  पोखरेल रिट बोकेर सर्वोच्चमा

सुर्खेत : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल रिट बोकेर सर्वोच्च अदालत पुगेका छन् । आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन लिएर उनी अदालत पुगेका हुन्।

अदालतका एक उच्च अधिकारीले भने, ‘विश्वराज पोखरेलले रिट निवेदन पेश गरेका छन्। दर्ता भइसकेको छैन।’ पोखरेलले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय बदरको माग गर्दै रिट निवेदन पेश गरेका हुन्। उनले पेश गरेको रिट निवेदन रुजुको प्रक्रियामा रहेको छ।

सिंहभन्दा १६ महिना पहिले एआइजीमा बढुवा भएको र वरिष्ठताका आधारमा आफू आइजिपीमा बढुवा हुनुपर्ने माग पोखरेलले रिटमा गरेका छन् । आईजी नियुक्तिप्रति असन्तुष्ट रहेका अर्का सशस्त्र प्रहरीका एआईजी सहकुल थापाको रिट भने सर्वोच्च पुगेको छैन।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया