३५३ निर्विरोध निर्वाचित

३५३ निर्विरोध निर्वाचित

काठमाडौँ : स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । १ सय ७० पदमा भने उम्मेदवारी नपरेको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्विरोध निर्वाचित हुने विभिन्न पद रहेपनि उम्मेदवारी नै नपर्ने भने सबै दलित महिला वडा सदस्यका रहेको आयोगको भनाइ छ ।

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेको हो । ‘सात सय ५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि हुने निर्वाचनका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता भएको छैन,’ आयोगले भनेको छ ।

त्यस्तै, तीन सय ५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको पनि आयोगले जानकारी दिएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो ।

प्रतिक्रिया