देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना
![देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/WEATHER_TITLE_j9vbbMonlz_DUBmzPvL2f_0tbt6nz4juu9g7vev0vu2e5bok6rmwygsvbpd437e1thl4zaxzyk0zyv3bkc.jpg)
काठमाण्डौ : काठमाण्डौ उपत्यकासहित गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । आज दिउँसो पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए। उनका अनुसार आज राति पनि वाग्मती, गण्डकी र प्रदेश(१ का पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ ।
भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि पनि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान छ ।
मौसमविद् हिरा भट्टराईका अनुसार नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।
प्रतिक्रिया