रेनु दाहाल ९,८३४ मतले अग्रता कायमै

रेनु दाहाल ९,८३४ मतले अग्रता कायमै

काठमाडौं : भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी छन् ।

एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३,४०३ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,२९० मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४४,६४७ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले ४४,६४७ मत प्राप्त गरेकी छन् ।

 

प्रतिक्रिया