बालेन्द्र साहले कटाए ५० हजार मत

          |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ १०, २०७९     ::: 101 पटक पढिएको   |  

काठमाडौं :  काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजार मत कटाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् । बालेन्द्रलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार सात सय ७६ मत ल्याएकी छन्।

तेस्रो स्थानमा झरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन्।



Leave a comment

Your email address will not be published.


*