तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरण सहित]

तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का [यात्रुको विवरण सहित]

काठमाडौं : पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९ एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का गरिएकाे छ । छ  विदेशी र १३ जना नेपालीसहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएकाे हो ।

आइतबार बिहान ९ः५५ बजे उडेको जहाज  सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे हुनसक्ने जानकारी प्राप्त भएको छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो ।

क्याप्टेन : प्रभाकर घिमिरे

को-पाइलट : उत्सव पोखरेल

एयर होस्टेज  : किस्मी थापा

यात्रुहरु

  • इन्द्रबहादुर गोले
  • पुरुषोत्तम गोले
  • राजनकुमार गोले
  • मिक ग्र्याट
  • वसन्त लामा
  • गणेशनारायण श्रेष्ठ
  • रवीना श्रेष्ठ
  • रस्मी श्रेष्ठ
  • रोजिना श्रेष्ठ
  • प्रकाश सुनुवार
  • मकरबहादुर तामाङ
  • राममाया तामाङ
  • सुकुमाया तामाङ
  • तुल्सादेवी तामाङ
  • अशोककुमार त्रिपाठी
  • धनुष त्रिपाठी
  • ऋतिका त्रिपाठी
  • युवी विल्नर
  • वैभवी बाण्डेकर

 

प्रतिक्रिया