जोखिममा रहेका २८ जना बालबालिकालाई शैक्षिक सामग्री

जोखिममा रहेका २८ जना बालबालिकालाई शैक्षिक सामग्री

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–२ का २८ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जोखिममा परेका २८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले बालबालिकालाई शैक्षिक सामग्री दिएको हो । वडाध्यक्ष शेरबहादुर रावलको अध्यक्षतामा बैठक बसि शैक्षिक सामग्री बितरण गरिएको बताईएको छ । साथै वडा बालअधिकार समितिको पुर्नगठन समेत गरिएको छ ।

प्रतिक्रिया