कालको मुखबाट फर्केका ड्राइभर दाईको कथा

कालको मुखबाट फर्केका ड्राइभर दाईको कथा

सुर्खेत : ड्राइभर दाई.. डाइभर दाई
घुम्ति घुम्तिमा मोड मोडमा बचाउ है
जिन्दगिको यात्रा धेरै लामो छ
पलपलमा सजाउ है …… भन्ने गीत बजाउदै गाडी आफ्नै गतिमा अघि बढिरहेको थियो । गाडीमा बजेको गित यात्रुले आफै भनेजस्तो महुशुस गरिरहेका थिए ।

ड्राइभर पनि त्यहि गितलाई आत्मसाथ गर्दै गाडी निरन्तर अघि हाकिरहेका थिए । जिन्दगीमा यस्तो मोड आउला भनेर कसैले पनि कल्पना समेत गरेका थिएनन् । घटना २०६६ चैत्र ५ गतेको हो । कालिकोटको हुल्मदेखि सुर्खेततर्फ गाडी निरन्तर आफ्नै गतिमा अगाडी बढिरहेको थियो । थुप्रै सपनाहरु बटुल्दै ४७ जना यात्रुहरु ति सपनाहरु केलाउदै गाडीमा बजाएको गितमा मस्त थिए ।

जब गाडी पहिलेको पीपलकोट गाविस अहिलेको आठविस नगरपालिकाको किटुबाट अगाढी बढ्न नपाउदै गाडीले सडकको लिक छोड्यो । बस कर्णालीमा खस्यो । सपनाहरु केलाउदै गरेका यात्रुहरुका सपनाहरु एकैछिनमा चकनाचुर भए । सपना केलाउदै गरेका यात्रुनै रहेनन् । सधैका लागि संसार छोडे । जो कर्णाली लोक मार्ग संचालनपछिको सबैभन्दा ठुलो र भयानक दुर्घटना थियो किटु बस दुर्घटना ।

दुर्घटनापछि कर्णाली रातै बनेको थियो । एकातिर लाशहरु यत्रतत्र छरिएका थिए भने लाशहरु लाशहरु देख्ने जोकोहीका आखाँबाट बलिन्धारा आशुका धाराले कर्णालीलाई नुुनिलो बनाएको थियो । कर्णाली रगताम्य बनेको थियो । आफ्ना मान्छे गुमाएका आफन्तहरुको कोलाहलले कर्णालीका कुना काप्चा थर्किएका थिए । कोलाहलमय बातावरण बनेको थियो । लाशहरु हेर्न सक्ने स्थिती थिएन । घाइतेलाई लिन आएको हेलिकोप्टरले आकाशमा फन्को मार्दै बस्ने ठाउँको खोजी आकाशबाटै गरियो । त्यो दृश्य अहिले पनि सम्झिदा आँखा ओभानो रहन सक्दैनन् ।

त्यही कहाली लाग्दो दुर्घटनाबाट मृत्युको मुखमा पुगेर जोगिएका चालक हुन कालिकोटको तिलागुफा नगरपालिका ७ छाप्रेका नविन भण्डारा(नबिन) । उमेरले ४० वर्ष पुगेका भण्डारा दुर्घटना भएको ना ३ ख ५८६८ नम्बरको काक्रेविहार यातायात समितिका बस चालक थिए । गाडी साहु,गाडी चालक सहित ५० जना बसमा सवार रहेका थिए । उनी त्यो दिन र त्यो घटना सम्झिदा अहिले पनि आफु जिउँदो भएको विश्वास लाग्दैन । मेरुदण्ड भाचिएर अप्रेसन गर्न नमिल्ने भएको छ । सामान्य हिड्डुल गर्न समेत सक्दैनन् । उनको दैनिकि अहिलेतिलागुफा नगरपालिका ७ स्थित छाप्रे बालिघाट सडक छेउमा बसेर गुजारा चलाइरहेका छन् ।

दुर्घटनामा नपर्नु पहिले सामान्य तरिकाले जीवन चलाउदै आएका चालक भण्डारा दुर्घटनापछि दैनिकि कष्टकर रुपमा बित्दै आएको छ । घर परिवार चलाउन हम्मे हम्मे भएको छ ।

त्यो दिनको घटना…..

कालिकोटको हुल्मबाट यात्रुहरु हालेर । हामी सुर्खेतका लागि अघि बढ्यौँ । कर्णाली लोक मार्गको अवस्था नाजुक थियो । साघुँरो सडक । जम्मै खाल्डाखुल्डी थिए । गाडीमा बजेको गितको धुनमै यात्रुहरु मस्त थिए । कोही निन्द्रमा त कोही बाहीरको सुन्दर दृश्य अवलोकन गर्दै थिए । हुल्मदेखि निरन्तर अघि बढ्दै बस बिहान ८ बजे किटु नजिक पुग्यो । मोडमा बाटो साघुँरो र चिप्लो थियो । बिस्तारै बसलाई अगाडी हाक्न खोज्दै थिए । बसले लिक छोडेर दायाँ भागको टायर बाहिर गइसेको थियो । ब्रेक हान्न प्रयास गरेँ । जति प्रयास गर्दा पनि भएन । बस सडकभन्दा बाहिर गइसकेको थियो ।

प्रयास असफल भयो बस सडकबाट तल कर्णाली नदिमा खसेपछि मुटुले ठाउँ छोड्यो । त्यस पछि केही थाह नभएको चालक भण्डारा बताउँछन् । बस खरिसकेपछि कसरि बाँचे भन्ने केही थाह छैन,’उनले भने, ‘दुर्घटनास्थलबाट उद्धार गरेर कोहलपुर लैजादा एकैछिन होस आयो । बस दुर्घटना भयो भन्दा फेरी बेहोस भएर ढले ।’

तीनदिन पछिमात्र होसमा

कोहलपुरबाट त्यसपछि लगत्तै काठमाडौँ रेफर गरिएपछि तीनदिन पछिमात्र होसमा आएको र शरिरको तल्लो भाग छामछुम पार्दा छ छैन भन्ने केही थाह नभएको उनको भनाई छ । अहिले समान्य हिड्डुल गर्न पनि सक्दैन,’उनले भने, ‘मेरुदण्ड भाचिएर हिड्डुल देखि दिशापिसाब गर्न निकै कठिनाई भइरहेको छ । अप्रेसन गर्नको लागि घरको आर्थिक अवस्थाले नधान्ने भएपछि यसै दिनचर्या बितेका छन् ।’

कर्णाली लोक मार्ग संचालनपछिको ठुलो दुर्घटना थियो । कालिकोटको हुल्मबाट सुर्खेतका लागि हिडेको बस किटु भिरमा दुर्घटना भएको थियो । ‘गाडीले लिक छोड्यो, गाडीसाहु दैलेखका कृष्णराज बुढा ढोका खुला भएकाले सडकमै हाम फालेर ज्यान जोगाउनुभयो । म भिरतिर भएकाले हाम फाल्ने त के सोच्ने पनि समय पाइनँ ।’ सुरुमा गाडीले ठूलो आवाज दिएको उहाँले स्मरण गर्नुभयो । ‘बसको प्रमुख पट्टा भाँचियो । स्टेरिङले कामै गरेन । गाडीलाई भित्तामा लिन खोजे तर सकिनँ, उनले भने ।

उपचारको सिलसिलामा होसमा आएपछि मैले चलाएको बस दुर्घटना भएर ३८ जनाको ज्यान गएको थाहा पाएको उनले बताए । ‘गाडी साहुलाई त हाम फालेको देखेको थिएँ । सहचालक भाइ पनि चलानी हेर्दै गाडीको पछि पुगेर पुनः ढोकामा पुगेको याद थियो’ उनले भने, ‘तर उनी पनि ३८ जनासँगै परेछन ।’ यत्रो यात्रुहरुको त ज्यान गयो म किन बाँचे हुँला भनेर थप पीडा भएको उनी स्मरण गर्छन ।

‘आफन्तहरुले सम्झाई वुझाई गरे । तर मनमा पीडा अहिले पनि छ’, उनले भने । समितिलाई जोगाउन बिमा वापतको पैसासमेत फिर्ता गरेका चालकले हाल आएर कसैले पनि सोधपुछ नगर्दा पीडा हुनेगरेको उनी बताउँछन् ।

त्यसैबाट एक लाख ५० हजार रुपियाँ समितिलाई फिर्ता गरेको बताउनुभयो । सात लाख रुपियाँ भित्रको बचेको पाँच लाख ५० हजारमा साथीहरुले खुसियाली गरेको उहाँले सम्झनुभयो । त्यसैमा ५० हजार खर्च भएको र बाँकी पाँच लाख ल्याएर घर आएको स्मरण रहेको उनी बताउँछन् ।

आफू हुँदासम्म मात्र सम्बन्ध रहने रहेछ

समितिका कुनै पनि व्यक्ति सम्पर्कमा छैनन । समितिका गाडी आउँछन, तर कोही बोल्दैनन’, उनले भने, ‘मान्छे आएको देख्छु वैशाखी समाउँदै जाँदाजादै बस गुडेर गइहाल्छ । आफू हुँदासम्म मात्र सम्बन्ध रहने रहेछ ।’ आफुले तलव वापतको ४५ हजार रुपियाँ अझै पनि गाडी साहुबाट नपाएको भण्डाराले गुनासो गरे । ‘नम्बर पनि छैन । दैलेखका पूर्वसांसद राजबहादुर बुढाका भाइ कृष्णराज बुढा मेरा साहु हुन्,’उनले भने, ‘न नम्बर छ न उहाँहरु कोही मेरो खोजी गर्नुभएको छ ।’

‘स्थानीय सरकारले दिएको क वर्गको सामाजिक सुरक्षा भत्ता, श्रीमतीको होटलको सानो कमाईले दुई छोरी एक छोरा गरी पाँच जनाको परिवार चलेको छ ।’सानैमा भारत गएर गाडी चलाउन सिकेका भण्डारासँग चालकको राम्रो अनुभव रहेको बताउँछन् । पहिले भारतमा गाडी चलाउन सिकेको हो,’उनले भने, ‘अहिले उहाँ ४० वर्षको भए । बस दुर्घटना हुँदा २८ वर्षको थिए । यहाँको खराब बाटो र मुल पट्टा भाचिदा युवा अवस्थामा वृद्ध बन्न पुगेँ ।’
‘त्यो पल स्मरण गर्दै उनी भनछन् ‘अहिले दुखी भएर पनि के गर्नु, भाग्यमा यही लेखेको रहेछ । आजसम्म परिवारको साहरा पाएको छुँ, यसैमा जेनतेन खुशि छु ।’

कर्णाली राजमार्गमा यात्रुले बर्सेनि सास्ती खेप्दै

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट मुगु जोड्ने सडक हो । कर्णाली राजमार्ग सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर यो राजमार्ग मुगु पुग्छ । साँघुरो र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले बर्सेनि सास्ती खेप्दै आएका छन भने जोखिम पनि उत्तिकै छ । उसो त कर्णाली राजमार्गलाई मृत्यु मार्गका रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया