अछाम घटना : दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

अछाम घटना : दोषीमाथि कारबाही अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं : सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको उक्त घटनाबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

‘‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ, सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।,’’ सभामुख सापकोटाले भने, ‘‘घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’’

बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया