९८ दिनसम्म तलबसहितको प्रसूति बिदा उपलब्ध गराउन निर्देशन

          |   प्रकाशित मितिः बुधबार, जेष्ठ २५, २०७९     ::: 80 पटक पढिएको   |  

काठमाडौं : सरकारले सरकारी, निजी तथा गैरसरकारी सङ्घ/संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी बिदा उपलब्ध गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै सुत्केरी हुनु अघि र पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा उपलब्ध गराउन उक्त सङ्घ/संस्थालाई निर्देशन दिएको हो ।

सरकारी निजी तथा गैरसरकारी सङ्घ/संस्थामा कार्यरत महिलाहरुलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आउन थालेपछि यस्तो निर्णय गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थय अधिकार ऐन, २०७५ को दफा १३ ले विभिन्न निजी, सरकारी गैरसकारी सङ्घसंस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि र पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ ।



Leave a comment

Your email address will not be published.


*