प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

          |   प्रकाशित मितिः बिहिबार, असार २, २०७९     ::: 66 पटक पढिएको   |  

काठमाडौँ : प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बिहीबार पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपसहितका प्रश्न उठाउँदै संसद् बैठक बहिष्कार गरेको अवस्थामा विनियोजन विधेयक पारित गरिएको हो ।

अर्थमन्त्री शर्माले बजेट विनियोजन गर्नका लागि संसद्मा प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव संसद्को बहुमतले पारित भएको हो ।



Leave a comment

Your email address will not be published.


*