सत्ता गठबन्धनको बैठक : चुनावसम्मै तालमेल गर्ने निर्णय

काठमाडौंः सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघ र प्रदेश सभा निर्वाचनसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भदौ पहिलो साताभित्र तालमेलको सबै प्रकृया टुग्याउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भएको जानकारी दिए ।उनले भने, ‘चुनावसम्म नै तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । भदौ पहिलो साताभित्र तालमेलको प्रकृया टुग्याउन कार्यदल गठन गरिनेछ ।’
सरकारले बिहीबार संघ र प्रदेश सभाको निर्वाचन आगामी ४ मंसिरमा गर्ने घोषणा गरेको छ। निर्वाचनको मिति तय भएसँगै गठबन्धनका दलहरु चुनावी तालमेलबारे तीव्र छलफलमा जुटेका छन्।
प्रतिक्रिया