गुराँस गाउँपालिका स्तरीय बाल सञ्जाल गठन, अध्यक्षमा प्रेम बहादुर सुनार

गुराँस गाउँपालिका स्तरीय बाल सञ्जाल गठन, अध्यक्षमा प्रेम बहादुर सुनार

दैलेख : जिल्लाको गुराँस गाउँपालिकामा बाल सञ्जाल गठन गरिएको छ । गाउँपालिकामा पालिकास्तरिय बाल सञ्जाल गठन गरिएको हो । सेभ द चिल्ड्रेनको सहयोग तथा गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा आयोजित एक कार्यक्रमबीच बाल सञ्जाल गठन गरिएको हो ।

१६ जनाको कार्यसमिति रहेको पालिकास्तरिय बाल सञ्जाल गठन गरिएको हो । बाल क्लब गठन तथा सहजिकरण निर्देशिका २०७४ बमोजिम चक्रिय प्रणाली अन्तर्रगत बाल सञ्जाल गठन गरीएको हो । सञ्जालमा एक अध्यक्ष एक सचिव र १४ जना सदस्य रहेका छन् ।

नवगठित पालिका स्तरीय बाल सञ्जालका अध्यक्षमा प्रेम बहादुर सुनार चयन भएका छन् । नवगठित बाल सञ्जालका अध्यक्ष सुनारले आफुलाई पालिका स्तरीय बाल सञ्जालको अध्यक्षमा मनोनित गरेकोमा धन्यबाद दिए । उनले गुराँस गाउँपालिकामा बालबालिकाका समस्याहरु समाधान गर्नको लागि लागीपर्ने बताए । पालिका स्तरको बाल सञ्जालकोका सबै सदस्यहरुको सहयोगमा बाल बिबाह, बाल हिंसा, छाउपडी लगाएतका कुसंस्कार र कुरिति न्यूनिकरणका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।

पालिका स्तरी बाल सञ्जालको बैठक प्रत्येक तीन महिनामा एक पटक बस्नेछ । बाल सञ्जालका अध्यक्ष र सचिब प्रत्येक ६ महिनमा फेरीने छन् । बाल सञ्जालको यसको अवधी २ बर्षको हुनेछ।

गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा सहयात्रा दोस्रो परियोजना सञ्चालित छ ।
यसैबीच पालिकास्तरिय बाल सञ्जाल गठनसँगै अभिमुखिकरण समेत गरिएको छ । झण्डै चौबिस जना बालबालिकाको उपस्थिती रहेको कार्यक्रममा बाल क्लब किन ? के का लागी ? र बाल क्लबले गर्नु पर्ने क्रियाकलापहरु र बाल अधिकार तथा संरक्षण र बालबालिकासँग सम्बन्धीत कानुनी व्यवस्थाको बारेमा अभिमुखिकरण गरिएको हो ।

प्रतिक्रिया