रुपकलाबाट रुपक !

        दिपक वली   |   प्रकाशित मितिः शुक्रबार, भदौ १७, २०७९     ::: 123 पटक पढिएको   |  

एउटा ठूलो गाउँ थियो । त्यहाँ जनक बाजेको राम्रो बन्दोबस्त थियो । जनक बाजेका तीन छोरा थिए । जेठा छोरा जयविरको विवाह भईसकेको थियो । जयविरका चार छोरीहरु थिए । जसमध्ये माइली छोरी रुपकला चाँही सानै देखि फरक स्वभावकी थिइन् । केटाहरुसँग खेल्न, केटा साथीसँग साथ गर्न, केटाको कपडा लगाउन, यहाँसम्म की आफुलाई ‘रुपकला’ भन्दा ‘रुपक’ नामले बोलाएको मन पराउँथिन् । उनले सबैलाई आफुलाई रुपकला नभनी रुपक भन्न आग्रह गर्थिन् । तर, उनको आग्रहलाई सबैले मजाक र हाँसोको रुपमा लैजान्थे । उनि आफुमा भएका परिवर्तन र आफ्नो लैंगिक पहिचानलाई मान्छेहरुको माझमा प्रस्ट्याउँदा प्रस्ट्याउँदा थाकिसकेको महसुस गरेकी थिइन् । खुलासा गर्न सकेको थिइनन् । गाउँमा मानिसहरु हाँस्ने जिस्क्याउने गर्थे ।

एक दिन उक्त गाउँका मुखिया रामचन्द्र जयविरको घरमा गए । उनले जयविरको छोरी रुपकलाको बारेमा गाउँलेहरुले भनेको कुरा सबै जयविरलाई सुनाए । मुखियाले सुनाएको कुरा जयविरलाई मन परेन् । आफ्नो इज्जत फालि, कुल घरानको इज्जत माटोमा मिलाई भन्दै रुपकलालाई गाली गर्न थाले । त्यतिकैमा जयविर र उनका गाउँले मिलेर समाजमा चलि आएको परम्परागत लैंगिक धारणालाई तोडेको भन्दै रुपकलालाई गाउँ निकाला गर्नुपर्छ भनेर नाराबाजी गरे ।

गाउँ निकाला गर्नका लागि निर्णय गर्दै थिए । यो कुरा रुपकलालाई थाहा भयो । त्यसपछि उनको मनमा अनेक कुराहरु खेल्न थाले । र उनले निर्णय गरिन् की, म यो गाउँमा बेइज्जत सहेर बस्नुभन्दा आत्महत्या गर्छु । किनकी मेरो लैंगिक पहिचानलाई नस्वीकार्नु भनेको मेरो अस्तित्व नस्वीकार्नु हो ।

उनि आत्महत्या गर्छु भनी रुदै रुदै जंगलतिरको बाटो हिड्दै थिइन् । त्यहि क्रममा बाटोमा एक जना मानिससँग उनको भेट भयो । र त्यो मानिसले आत्तिदै रुपकलालाई सोध्यो ।

तपाई किन यसरी रुदै हिडिरहनुभएको छ, हातमा डोरी पनि छ ।

रुपकलाले सुसिल्किदैँ, आँसु पुछिन् र सबै वृतान्त बताइन् ।

त्यो मानिसले पनि जवाफ दियो, म तपाईहरुजस्तै समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नका लागि यो गाउँमा आएको हो । तपाई गलत हुनुहुन्न । तर, तपाईले जुन निर्णय लिएर यसरी हिडिरहनुभएको छ, त्यो चाँही पक्कै गलत हो । बरु आउनुहोस् म तपाईको बुबा, मुखिया लगाएत सबैलाई सम्झाउने प्रयास गर्छु । किनकी आत्महत्या यसको समाधान होइन् ।
यति भन्दै उनिहरु दुवैजना फेरी गाउँतर्फ लाग्छन् । आफुलाई ‘रुपक’ भन्न रुचाउने परिवार र गाउँलेले रुपकला नाम दिएका रुपकले सबै आफ्नो वृतान्त सुनाउँछन् । उनिहरु केहि समयमा गाउँलेहरु जम्मा भएको ठाउँमा पुग्छन् । जहाँ रुपकका बुबा, मुखिया लगाएत गाउँलेहरु भेला भएको हुन्छन् ।

रुपकसँगै आएका व्यक्तिले गाउँलेहरुले गरेका गलत व्यवहार र गलत निर्णयका बारेमा प्रस्ट्याउँछन् । उनि भन्छन्, हाम्रो समाजमा महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु बसोबास गर्छौ । परम्परागत धारणा, छोरी जन्मिए महिला र छोरा जन्मिए पुरुषमात्र हुन्छन् भन्ने धारणा गलत हो । छोरी जन्मियता पनि मन र मस्तिक्सले छोरा हुँ भन्छ वा उसको लैंगिक प्रस्तुतीकरण छोराको छ भने उ ट्रान्स पुरुष हो । यस्तो कुरालाई हामीले स्वीकार्नु पर्छ । यौनिक तथा लैंगिक अल्पसंख्यकभित्र समलिंगी महिला, समलिंगी पुरुष, ट्रान्स जेन्डर पुरुष, अन्तरलिंगी, द्धिलिंगी र कोयर पर्दछन् । यो समुदायका व्यक्तिलाई अन्य मानिस सरह माया, सम्मान र अबसरहरु दिनुपर्छ । अब हामीले रुपकलालाई रुपकलाले होइन् रुपकले नै सम्बोधन गर्नुपर्छ ।

उक्त व्यक्तिको कुरा सुनेपछि गाउँलेहरुले आफ्नो गल्तीको महसुस गर्छन् । र त्यहि सभाबाट यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवाल र अधिकारका बारेमा सबैलाई जानकारी गराउने र कुनै पनि विभेद नगर्ने प्रण गर्छन् । उता रुपक आफ्नो पहिचानमा खुलेर बाँच्न पाउने वातावरण तयार भएको खुसी हुन्छन् ।

लेखक वली गुराँस बाल क्लबका उपाध्यक्ष हुन् ।



Leave a comment

Your email address will not be published.


*