१२ बुँदाको मस्यौदाकर्ता म, केपी ओली र नारायणकाजी हौं: बाबुराम भट्टराई

          |   प्रकाशित मितिः बिहिबार, अशोज ६, २०७९     ::: 48 पटक पढिएको   |  

काठमाडौं : र्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १२ बुँदे शान्ति सम्झौता दिल्लीले गराइदिएको प्रचार झूटो भएको बताएका छन् । उनले यो सम्झौताको सुरुवात आफूहरुले नै गरेको दाबी गरे । भूतपूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा बोल्दै भट्टराईले सो दाबी गरेका हुन् । उनले थापाको आत्मकथामा केही तथ्यहरु सही रुपमा नआएको गुनासो गरे ।

उनले भने, ‘दिल्लीको हस्तक्षेपमा १२ बुँदे भएको भन्ने सत्य होइन । त्यसको सुरुवात हामीले नै गरेका थियौं । २००७ सालमा भएको सहमति त नेहरुजीले आफैं ड्राफ्ट गरेर कोइरालाहरुलाई दिएका थिए । तर, १२ बुँदे त्यस्तो होइन ।’उनले १२ बुँदे सम्झौताको मस्यौदा आफूसहित केपी ओली र नारायणकाजी श्रेष्ठले गरेको बताए । पछि यसलाई प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले अन्तिम रुप दिएको उनको भनाइ छ । ‘इतिहासलाई तोडमोड गर्नुहुँदैन, १२ बुँदे दिल्लीले नै गरेको थियो भन्दा अन्याय हुन्छ’, डा. भट्टराईले भने ।



Leave a comment

Your email address will not be published.


*