सामाजिक सेवा दिवस : राउटेले निर्माण गरेको सामग्री प्रर्दशनी

सामाजिक सेवा दिवस : राउटेले निर्माण गरेको सामग्री प्रर्दशनी

 सोसेक नेपालद्धारा सञ्चालित विकास र सचेतनामुलक कार्यक्रमहरुको तस्विरहरु समेत प्रर्दशनमा राखिएको थियो।

दैलेख : सामाजिक सेवा दिवसको अबसरमा काठमाडौंको भृकुटीमण्डपमा राउटे समुदायले निर्माण गरेको सामग्री प्रर्दशन गरिएको छ । ४३ औँ सामाजिक सेवा दिवसको अबसरमा सोसेक नेपालले सामग्री प्रर्दशन गरेको हो । सोसेक नेपालको अगुवाईमा लोपोन्मुख जाती राउटे समुदायले निर्माण गरेको सामग्री प्रर्दशन गरिएको हो । आफुले निर्माण गरेको सामग्री प्रर्दशन तथा बिक्रीका लागि राउटे समुदायका मुखिया सुर्यनारायण शाहीसहितको टोली काठमाडौंमा पुगेको छ ।

सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाले सामाजिक सेवा दिवसको अबसरमा राउटे समुदायले निर्माण गरेको सामग्री प्रर्दशन गरिएको बताए । उनका अनुसार सोसेक नेपालले गरेका कार्य र सञ्चालन गरिएको गतिविधिबारे फोटोहरु समेत प्रर्दशन गरिएको थियो ।

‘४३ औं सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्ले विविध कार्यक्रम आयोजना गरेको थियो, त्यसै क्रममा विकास प्रर्दशनी अन्तरगर्त हामीले राउटे समुदायका सदस्यको उपस्थितीमा उनिहरुले निर्माण गरेको सामग्री प्रर्दशन गरेका हौँ,’ कार्यकारी प्रमुख थापाले भने । उनले संस्थाले गरेका विकास र सचेतनामुलक कार्यक्रमहरुको तस्विरहरु समेत प्रर्दशनमा राखिएको थियो । संस्थाले गरेको प्रर्दशनीमा विदेशी नागरिक तथा नेपाली नागरिकहरुले अवलोकन गरेको उनले बताए ।

यस वर्ष ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा संघ संस्थाको योगदान’ भन्ने मुल नारासहित ४३ औं सामाजिक सेवा दिवस मनाईएको थियो ।

प्रतिक्रिया