गुणस्तरीय शिक्षाका लागी स्थानीय सरकारको भूमिका

        टिका वि.क.   |   प्रकाशित मितिः बुधबार, पुस ६, २०७९     ::: 263 पटक पढिएको   |  

विश्व जगतमा ज्ञानको विस्तार, प्रविधिमा आएको ब्यापक सुधार, शिक्षामा आईरहेको नविनतम सोच आदिले आर्थिक, समाजिक, सांस्कृतिक जस्ता पक्षहरुमा मान्छे मान्छे बिचमा ब्यापक प्रतिस्पर्धा भईरहेको छ । शिक्षाले मानविय विकास, समृद्धिको जग बसाल्नमा महत्वपूर्ण भूमिका रहन्छ । त्यसकारण गुणस्तरीय शिक्षालाई कुनै खास पक्षमा आएको सुधारलाई मात्रै नहेरी समग्रतामा हेरिनु जरुरी हुन्छ । यसो भन्नुको मतलब केवल भौतिक पक्षमा आएको सुधार वा विद्यालयमा सत प्रतिशत भर्ना हुनेलाई मात्रै नहेरी बृहत्तर रुपमा बालबालिकामा आएको सकारात्मक परिवर्तन, प्रणालीमा देखिनु पर्ने सकारात्मक परिवर्तन तथा प्रगतिलाई हेरिनु पर्दछ । यसो भन्नुको मतलब के हो भने सिकारुहरु स्वस्थ, हृष्टपुष्ट, पोषित तथा सिकाइमा सहभागी हुनसक्ने खालको हुनुपर्दछ, बिद्यालय तथा समूदायको समाजिक परिवेश तथा वातवरण स्वस्थ, सुरक्षित, संरक्षित, लैङ्गिकमैत्री, अपांगतामैत्री, समाबेशीमूलक हुनुपर्दछ । त्यस्तै गरिकन सान्र्दभिक बिषयवस्तुु समाहित पाठ्यक्रम तथा सिकाई सामग्री युग सुहाउदो, राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा प्रर्तिस्पर्धि गर्न सकिने खालको, जीवनपयोगी, शान्ति प्रर्बद्धन गर्ने हुनुपर्ने हुन्छ ।

शिक्षकहरु दक्ष, समयक्रमसंगै परिबर्तन भइरहेका वा नविनतम सोंच, अवधारणा, प्रबिधि आदि पक्ष जस्ता पक्षमा आफुलाई अद्यावधिक गरिरहने, कक्षाकोठा लाई अधिकतम रुपमा सिकाईमा जोड दिइनुपर्दछ ताकि पाठ्यक्रमले तोकेका ज्ञान सीपहरु सिकारुहरुले कक्षागत वा तहगतरुपमै हासिल गर्न सकुन् । यस संगसगै शिक्षकहरुको पेशागत विकास र मनोसामाजिक स्वास्थ्यमा सहयोग पुग्ने खालका कार्यहरु लागुगर्नुु पर्ने हुन्छ ।

यि समग्र प्रयास वा पक्षहरुमा आएको परिबर्तनले बिद्यालय शिक्षाको कुरा गर्दा खासगरि बिद्यार्थीको ज्ञान, ब्यवहार कुशल सीपहरुमा मात्रै नभई प्रबृति र समग्र जीवनशैलीमा परिबर्तन आएमा मात्रै गुणस्तरिय शिक्षाको प्रत्याभूति भएको मान्न सकिन्छ । गुणस्तरिय शिक्षाले समग्र बिद्यालय र समूदायको वातावरण, बालअधिकारका चार वटै पक्ष बाँच्नपाृउने, संरक्षितहुने, विकास गर्न पाउने र सहभागिता हुन पाउने कुरालाई केन्द्र भागमा राख्दछ जसले बालबालिकाको सान्र्दभिक ज्ञान आर्जन गर्ने, जीवनपयोगी सीपको विकास र उपयुक्त प्रबृति÷सोचाइ वा धारणाको विकास र प्रबद्र्यनमा सहयोग र टेवा पुर्याउछ । गुणस्तरीय शिक्षाले सूचना वा ज्ञान मात्रै प्रदान नगर्ने भएर मान्छेहरुलाई शसक्त, आत्मबिश्वासी, योग्य, सकारात्मक परिबर्तनका लागी प्रतिष्पर्धी नागरिक बनाउनमा मद्यत गर्छ र जसले गर्दा सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सहयोग पुग्ने, गरिबी बाट उम्किन, समाजिक, आर्थिक र सास्कृतिक अभिबृद्धिमा योगदान पु्र्याउछ । हामी निष्कर्ष स्वरुप के भन्न सक्छौ भने गुणस्तरिय शिक्षाले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना लाई सार्थक तुल्याउँछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले माध्यमिक तह सम्मको शिक्षाको ब्यवस्थापन, सञ्चालन र मूल्यांकन जस्ता अधिकारहरु स्थानिय सरकारलाई दिएको छ। यसै सन्र्दभलाई मनन गर्दै गुणस्तरिय शिक्षा सुनिश्चितताका लागी पालिकाले गर्न सक्ने प्रयासहरुको सेरोफेरोमा यो आलेख तयार गरेको छु ।बिद्यालय शिक्षाको कुरा गर्दा झिकाउने, टिकाउने, सिकाउने र बिकाउने जस्ता पक्षहरुमा सरकार, बिद्यालय र सरोकारवालाहरुले भूमिका खेल्नुपर्दछ । यसमा अभिभावक, शिक्षक, सरकारी सन्यन्त्र तथा स्वंयम् बिद्यार्थीको पनि प्रयास र भुमिका रहन्छ र हुनुपर्दछ ।बिद्यालयमा शिक्षाको गुणस्तरलाई समग्रतामा हेर्दा बिद्यालयको आन्तरिक सक्षमताको अवस्था कस्तो छ, त्यसलाई सुधार ल्याउन बिद्यालयले कस्तो योजनाका साथ कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ भन्ने कुराले धेरै नै महत्व राख्दछ । बिद्यालयको आन्तरिक सक्षमता भन्नाले खासगरि कक्षान्नोति, कक्षा दोहोर्याउने, बिद्यालय छोड्ने तथा सिकाई उपलब्धी जस्ता पक्षहरु पर्दछन् । यिनै कुराहरुले बिद्यालयको शैक्षिक प्रगति के कस्तो छ भन्ने कुरा हेर्न सकिन्छ । तसर्थ शिक्षामा गुणस्तर कायम गर्न खासगरि योग्य, पेशा प्रति प्रतिबध्द र मनोसामाजिक हिसाबले स्वस्थ शिक्षक, सान्दर्भिक पाठ्यक्रम आधारित गुणस्तरिय सिकाई सामग्री र समग्र स्रोतहरुको समुचित प्रयोग तथा सुरक्षित, संरक्षित र सहयोगी सिकाई वातावरणको सृजना गर्नुपर्दछ ।

नेपालमा हाल ३४८१६ (२७८९० सामूदायिक र ६९२६ संस्थागत बिद्यालयहरु रहेका छन् र २३५३१ बिद्यालयहरु आधारभूत तहका कक्षा १ देखी ८ सम्म जहाँ जम्मा २५६३२०५ (७२.२ प्रतिशत) बिद्याथीहरु अध्ययनरत छन् । ति चाहे कक्षा १ मात्रै, वा कक्षा १ देखी ५ सम्म वा कक्षा १ देखी ८ सम्म सञ्चालनमा रहेका हुन् ।३६ बिशेष बिद्यालय, ३८० स्रोत कक्षाहरु सञ्चालनमा रहेका छन् ।

नेपाल सरकारले झिकाउने वा बिद्यालय शिक्षमा बालबालिकाको सहभागितालाई सुनिश्चित गर्नका लागी निशुल्क तथा अनिबार्य शिक्षा नीति तथा ऐन ल्याएकोछ, छात्रबृति, बिद्यालयको आवश्यकता अनुसार बिस्तार, स्थानिय सरकारलाई माबि तहसम्म सञ्चालन, रेखदेख, ब्यवस्थापन गर्ने गरि जिम्मेवार बनाउने जस्ता बिभिन्न प्रयासहरु गरिरहेकोछ र त्यसकारण झिकाउने कुरामा उल्लेख्य सफलता पनि हासिल भएकोछ। फलस्वरुप हाल बालविकास केन्द्रमा सहजै देखिने भर्ना दर २०१५/१६मा ८१ हुँदा २०२०/२१ मा ८७.६, खुद भर्ना दर ६९ प्रतिशत र बालविकास केन्द्रको अनुभव लिएर आएका बालबालिकाको संख्या २०१५/१६मा ६२.४ हुँदा २०२०/२१ मा ७४.९ प्रतिशत पुगेकोछ । आधारभूत तह कक्षा १–८को खुद भर्नादर ९५.१ प्रतिशत र कक्षा १–५को ९६.९० प्रतिशत पुगेको छ र आधारभूत तह (५–१२ बर्ष)को बिद्यालय बाहिर अझै पनि ४.९ प्रतिशत रहेकोछ । (FLASH Report 2078, CEHRD) । र फेरी पनि टाढा बिकट भौगोलिक अवस्था, अति गरिबी तथा अपांगताको कारणले केही बालबालिकाहरु बिद्यालय शिक्षामा आईसकेका छैनन् तिनीहरुको पहिचान गरि यथासक्य बिद्यालयमा ल्याउनुपर्दछ ।

यस्तै गरि बिद्यार्थीहरु बिद्यालयमा भर्ना हुनुले मात्रै गुणस्तरिय शिक्षा सुनिश्चित गर्न सकिदैन, यसको अर्को महत्वपूर्ण पक्ष भनेको टिकाउनु पनि हो, शिक्षा तथा मानव विकास स्रोत केन्द्रको FLASH report २०७८ अनुसार २०२०/२१को कक्षा ५ सम्मको जिवितै दर ८८.५ र कक्षा ८को ८३.५ प्रतिशत रहेको छ । जब बिद्यार्थी बिद्यालयमा नियमित पठनपाठनमा सक्रियतापूर्बक सिकाई क्रियाकलापहरुमा सहभागी हुने अवसर प्राप्त गर्दछ, अवश्य पनि यसले बिद्यार्थीहरुको सिकाई उपलब्धी बृद्धि हुनमा सुनिश्चतता गर्दछ ।तसर्थ बिद्यार्थी र शिक्षकको नियमितता हुने खालका क्रियाकलापमा जोड दिन आवश्यक छ ।
बिद्यालय शिक्षा प्रणालीमा जे जति कार्यक्रम, क्रियाकलाप सञ्चालन हुने गर्दछन् ति सबै भनेको सिकाई उपलब्धीमा बृद्धि गर्नका लागी हो, अर्थात कार्यक्रमहरु साधन हुन् भने सिकाई उपलब्धी चाही साध्य हो ।शिक्षा तथा मानव विकास स्रोत केन्द्रको FLASH report २०७८ अनुसार कक्षा ३को सिकाई सक्षमता÷प्रबिणता १४.१६, कक्षा ५का बिद्यार्थीको सिकाई उपलब्धी गणित ५२, नेपाली ५४ प्रतिशत रहेकोछ ।उल्लेखित तथ्यांक हेर्दा सिकाई सक्षमताका लागी अझै धेरै योजनाबद्ध प्रयासहरु हुन जरुरी देखिन्छ ।

समग्र देशभरिका बिद्यालयको आन्तरिक सक्षमता हेर्दा कक्षा उन्नोती कक्षा १को ८१.३ कक्षा १–५को ८८.४ र कक्षा १–८को ९१.६ प्रतिशत रहेको छ । त्यस्तै गरि कक्षा दोहेर्याउनेको संख्या कक्षा १मा १४.४,कक्षा १–५को ८८.४ र कक्षा १–८को ५.३ प्रतिशत रहेको छ ।र बिद्यालय छोड्नको संख्या कक्षा १मा ४.४, ८.८ कक्षा १–५को २.९ र कक्षा १–८को ३.१ प्रतिशत रहेको छ । आन्तरिक सक्षमतामा कक्षा उन्नोति सत प्रतिशत अपेक्षा गरिन्छ भने दोहोर्याृउने र कक्षा छोड्नेको संख्या शन्य प्रतिशतको अपेक्षा गरिन्छ जसले गर्दा शैक्षिक क्षति कम हुनुसकोस ।

त्यस्तै कर्णाली प्रदेशको शैक्षिक तथ्यांकलाई हेर्दा बिद्यालय सक्षमताको अवस्था कक्षान्नोती हुने दर कक्षा १ को ७८.३, कक्षा २ को ८५.१ कक्षा ३ को ८७.०, कक्षा ४ को ९२.५, कक्षा ५ को ९१.९, कक्षा ६ को ९५.५, कक्षा ७ को ९५.२, कक्षा ८ को ८४.९ रहकोछ । कक्षा १–५ को ८६.८ रहेकोछ । कक्षा दोहोर्याउने दर कक्षा १ को १७.२, कक्षा २ को ११.५ कक्षा ३ को १०.६, कक्षा ४ को ५.२, कक्षा ५ को ६.०, कक्षा ६ को २.१, कक्षा ७ को १.५, कक्षा ८ को १.५ रहको छ । कक्षा १–५ को १०.१ रहेको छ । कक्षा छोड्ने दर कक्षा १ को ४.५, कक्षा २ को ३.४ कक्षा ३ को २.४, कक्षा ४ को २.३, कक्षा ५ को २.०, कक्षा ६ को २.३, कक्षा ७ को ३.४, कक्षा ८ को ३.६ र कक्षा १–५ को ३.१ र कक्षा रहेको छ । खुद भर्ना दर कर्णाली प्रदेशको कक्षा १–५ को ९७.०, आधारभूत तह ९७.४ प्रतिशत रहेको छ । शिक्षक विद्यार्थी अनुपात कक्षा १–५ सम्म कर्णाली प्रदेश १ः७१ र कक्षा ६–८ सम्म १ः३७ रहेको छ ।

उल्लेखित शैक्षिक तथ्यांक लाई बिश्लेषण गर्दा गुणस्तरीय सिकाईका लागी योजनाबद्ध रुपमा शैक्षिक सुधार केन्द्रित कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।जसलाई शिक्षा क्षेत्रमा काम गरेको मेरो अनुभव, अध्ययनका आधारमा स्थानिय सरकारले गर्नसक्ने कार्यक्रमहरुका बारेमा उल्लेख गर्न चाहन्छु ।

क) सरोकारवालाहरु बिचको सम्बन्ध, समन्वय र सहकार्य
स्थानिय सरकार र बिद्यालय बिचको सम्बन्ध एकदमै सुदृढ हुन जरुरी छ । प्रशासनिक हिसाबले बिद्यालय र स्थानिय सरकार बिच सम्बन्ध, सूचना आदान प्रदान भइरहे पनि सिकाइ केन्द्रित छलफल, योजना निर्माण, निरन्तर सहयोग र अनुगमनमा उल्लेख्य सुधार ल्याउन सक्यो भने सिकाई सुधारमा टेवा पुग्छ । यसका लागी बिभिन्न प्रयासहरु हुन सक्दछन् जसमा तल उल्लेखित कार्यक्रमहरुले थप सहयोग पुग्न सक्दछ ।

१. समयमै बिद्यालय सुधार योजनाको निर्माण, अध्यावधिक र समिक्षाको सुनिश्चितता र यसका आधारमा पालिका तहको आवधिक/बार्षिक शैक्षिक सुधार योजना निर्माण गर्नाले बिद्यालय र स्थानिय सरकार बिच नियमित सम्बन्ध भैराख्दछ जसले गर्दा बिद्यालय र शैक्षिक पक्ष संग सम्बन्धित समस्याहरु समयमै पहिचान र समाधान गर्न सकिन्छ ।हाल कतिपय पालिका संग आवधिक शिक्षा योजना नभईरहेको अवस्थामा बर्तमान शैक्षिक अवस्थाका बारेमा अनभिज्ञ रहनु र भबिष्यमा कता कसरी जाने भन्ने कुरामा धेरै नै अन्यौलताको स्थिति रहनुले गुणस्तरिय शिक्षाको प्रगतिमा बाधा भईरहेको अवस्था छ ।

२.बिद्यालय र अभिभवकहरु बिच नियमित बैठक, छलफल तथा अन्र्तक्रियाः भनिन्छ जुन बिद्यालयका अभिभावकहरु बिद्यालयका क्रियाकलापहरुमा सक्रिय र नियमितसहभागी हुन्छन् ति बिद्यालयहरु गुणस्तरका हिसाबले राम्रो भएको देख्न सकिन्छ । त्यस्ता बैठकहरुमा खासगरि बिद्यालय संग सम्बन्धित गतिविधी, शुसासन, शैक्षिक उपलब्धी, बिद्यार्थी नियमितता र सिकाई उपलब्धी र बालबालिकाका सामाजिक संबेगात्मक आवश्यकताका बिषयहरु लगायत सुरक्षित, संरक्षित र सहयोगी बिद्यालयका रुपमा विकास गर्ने कुरामा छलफल, योजनामा केन्द्रित रहनु पर्दछ ।

३. स्थानिय सरकार र बिद्यालय बिच नियमित बैठक तथा कार्यसम्पादन सम्झौताः बिद्यालय शिक्षा पद्धतिलाई बिद्यार्थीको सिकाई प्रति उत्तरदायी बनाउन बिद्यालयका प्र.अ र पालिकाको शिक्षा शाखा बिचमा नियमित प्र.अ. बैठक भनेर बस्ने गरेको उदाहरणहरु त धेरै नै देखिन्छ, यद्यपी ति बैठकहरुमा शैक्षिक उपलब्धी बृद्धि सम्बन्धमा खासै छलफल, योजना र समिक्षा गरेको देखिदैन । अझ यसमा पनि बिद्यालयका बि.ब्य.स संग पनि नियमित रुपमा शैक्षिक गुणस्तरमा केन्द्रित बैठक, छलफल, योजना र समिक्षा हुने हो भने शैक्षिक उपलब्धी सुधारका लागी ठोश कदम हुन सक्दछ । कमसेकम न्यूनतम रुपमा अर्ध बार्षिक रुपमा विद्यालयको आन्तरिक सक्षमता लगायत शैक्षिक सूचकरुको प्रतिबेदन, कमजोर सूचकहरुमा छलफल मार्फत सधार योजना बनाई लागु गर्नाले अवश्य पनि शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ । र यस्तै गरेर पालिकाले निश्चित सूचकहरु निर्धारण गरि शैक्षिक सुधारका लागी बिद्यालयसंग, बिद्यालयले शिक्षकहरु संग कार्यसम्पादन सम्झौता गर्दा थप जिम्मेवार र जवाफदेही बनाई शैक्षिक सुधारका लागी राम्रो अभ्यास बन्नसक्छ ।
४. स्थानिय सरकार र बिद्यालयहरुमा अध्ययनरत बालबालिकाका प्रतिनिधीहरु बिच नियमित कम्तिमा अर्ध बाषर््िाक रुपमा शैक्षिक मुद्धाहरु र समस्याहरुमा परामर्श बैठकहरु, छलफलहरुले वास्तविक रुपमा बिद्यालय शिक्षाको प्रभावकारिता बुझ्न मद्धत पुर्याउँछ ताकि समस्याहरुको यथाचित समाधानका लागी दिशानिर्देश गर्दछ ।

ख) शिक्षकको पेशागत विकास र सहयोग

गुणस्तरीय शिक्षा अझ भनौ शैक्षिक प्रणालीमा शिक्षकको भूमिका महत्वपुर्ण र केन्द्रिय हो । तसर्थ शिक्षकको पेशागत विकास र सहयोग एंव मनोसमाजिक संबेगात्मक सहयोग कार्यक्रमहरु हुन जरुरी छ । शिक्षकलाई पेशा प्रति प्रतिबद्ध, उत्प्ररित, सर्मपित, बिद्यार्थीको सिकाई र विकासका लागी जवाफदेही र मनोसामाजिक रुपमा स्वस्थ पायौ भने त्यसले अवश्य पनि कक्षा कोठामा हुने सिकाई क्रियाकलापहरुमा सहयोग पुग्दछ । शिक्षकको पेशागत संगसंगै ब्यवस्थापनको पाटो पनि एकदमै जरुरी छ, बिद्यार्थि अनुपातमा शिक्षकको दरबन्दी मिलान आवश्यक हुन जान्छ । नेपाल संघियतामा प्रबेश गर्नु अघि शिक्षकको पेशागत विकासका र सहयोगका लागी शैक्षिक जनशक्ति विकास केन्द्र अन्र्तगत २९ तालिम केन्द्र, १००० भन्दा बढी स्रोत केन्द्र र अगुवा स्रोत केन्द्र रहेकोमा हाल प्रत्येक प्रदेशमा एक एक वटा मात्रै तालिम केन्द्रहरु रहेका छन् जसले गर्दा शिक्षकको पेशागत विकास र सहयोगका लगाी समयमै सहयोग पुग्ने अवस्था छैन।

तसर्थ अझ खासगरि शिक्षक सक्षमताका बिभिन्न ८ वटा पक्षहरुलाई मद्धत पुग्ने गरि पालिकाले आवश्यक, नीति, संरचना र जनशक्ति ब्यवस्थापन लगायतका क्रियाकलापहरु सञ्चालन गर्नु आवश्यक हुन्र्छ शिक्षकको कार्यसम्पादन बढुवा प्रयोजनका लागी मात्रै नभएर बिद्यार्थीको सिकाई संग जोड्नु पर्दछ र त्यसका लागी प्रोत्साहन, सुबिधा दण्ड र पुरस्कार सम्बन्धी स्वच्छ र पारदर्शी प्रणालीको विकास गर्नृ जरुरीछ । यि सबै कार्यभार पुरा गर्नका लागी बिशुद्ध रुपमा पेशागत विकास, कक्षाकोठामा सिकाई क्रियाकलापमै केन्द्रित शिक्षक सहयोगका लागी शैक्षणिक ब्यक्तिको ब्यवस्थापन गर्नु एकदमै जरुरी छ ।जसले प्र.अ र्बैठक राख्ने, बिभिन्न फारामहरु भर्ने, तथ्यांक अद्यावधिक गर्ने नभई शैक्षणिक क्रियाकलापमा मात्रै केन्द्रित हुनुपर्दछ ।यसका लागी पालिकालाई छुट्टै ब्ययभार पर्ने अवस्था पनि देखिदैन किनकी कार्यरत शिक्षकहरु मध्ये बाटै शैक्षणिक क्षेत्रमा ईच्छुक, अब्बल शिक्षकहरुलाई यसको जिम्मेवारी प्रदान गर्न सकिन्छ ।त्यस्तै गरिकन माथिल्ला कक्षाहरुका लागी बिषयगत शिक्षकहरुको रोष्टर निर्माण गर्ने र शिक्षकहरु बिचको घुम्तिबैठक मार्फत रोष्टर शिक्षकहरुको सहायता लिने प्रणलकिो विकास गरियो भने शैक्षिक सुधारका लागी राम्रो हुनक्दछ ।

ग) घरसम्मै शैक्षिक गतिबिधि

शहर र शिक्षित परिवारको तुलनामा गाँउघर र सिमान्कृत समूदायका बालबालिकाहरुका लागी घरमा पढाईलेखाईको वातावरण त्यति सहज भएको पाइदैन । घरायसी काममा सहभागी हुनुपर्ने, परिवारमा पठनपाठनमा सहयोग गर्ने सदस्यहरु शिक्षित नभएको आदि कारणले शैक्षिक गतिबिधिहरु घरसम्म पुगेको देखिदैन जसका कारणले पठनपाठनका लागी बिद्यालयको मात्रै बिद्यार्थीहरुलाई भर पर्नुपर्ने अवस्था छ । त्यसकारण घरमै शैक्षिक गतिबिधिलाई बढावा गर्ने खालका कार्यक्रमहरु पालिका र बिद्यालय स्तरबाटै सञ्चालन हुनु एकदमै र टड्कारो आवश्यकता हो ।

कर्णाली प्रदेशका कालिकोट, दैलेख जाजरकोट लगायतका जिल्लाहरुमा गृह बिद्यालयको अवधारणामा आधारित क्रियाकलापहरु सञ्चालन भईरहेका छन् । यसमा अशिक्षित अथवा पढेनलेखेका अभिभावकहरुले पनि कसरी बिद्यार्थीहरुलाई पठनपाठनका गतिबिधिमा सहयोग गर्न सक्छन् भन्ने प्रष्ट मार्गदर्शन गरिएकोछ । यस अन्र्तगत खासगरि परिवारका सदस्यहरु मध्येबाट सबै भन्दा माथिल्लो तहको पढाई गरेको, बालबालिकामैत्री ब्यवहार भएको लाई गृह शिक्षकको रुपमा छान्ने गरिन्छ, परिवारको गच्छे अनुसार पढाई कुनाको ब्यवस्थापन गर्ने कार्य गरिन्छ, पढाइलेखाई केन्द्रित समय तालिकाको निर्माण गरिन्छ, छिमेकमा सबैभन्दा नजिकको उपल्लो कक्षाको बिद्यार्थीलाई साथी बनाईदिनु पर्ने हुन्छ ।र बिद्यालयले समय समयमा घर भेट गरि गृह बिद्यालय कार्यान्वयनको अवस्था र शैक्षिणिक सहयोग गर्ने गर्दछन् ।

घ) शैक्षिक उपलब्धीमा केन्द्रित क्रियाकलापहरु

बिद्यालयमा शैक्षिक प्रणाली अनर्तगत जे जति गरिन्छ चाहे त्यो नीति निर्माण, योजनाको कुरा होस् चाहे शिक्षको ब्यवस्थापन र विकास होस्, चाहे कक्षाकोठा भवन, फर्निचर, बसाइ ब्यवस्थापन, सिकाई सामग्री, समयमै पाठ्यपुस्तकको पहूँच आदिको उचित ब्यवस्थापन होस त्यसको अन्तिम ध्यये भनेकै पाठ्यक्रमले तोकेको सिकाई उपलब्धी हासिल गराउनु नै हो । सिकाई उपलब्धीमा बृद्धि भएन, बिद्यालयको आन्तरिक सक्षमताको अवस्थामा सुधार आएन भने सबै प्रयासहरुले सार्थकता पाउनसक्दैन । माथि उल्ल्ेख गरिएका साधनहरुले सिकाई गुणस्तरका लागी वातावरण निर्माणमा भने अवश्य पनि भूमिका रहन्छ, अझै सिधै सिकाई उपलब्धी बृद्धि गर्ने खालका क्रियाकलापहरु सुब्यवस्थित रुपमा पालिका स्तर बाटै सञ्चालन हुनु आवश्यक हुन्छ ।

१. उपचारात्मक कक्षाको ब्यवस्थाः पालिका र बिद्यालय स्तर बाटै सिकाईमा संघर्ष गरिरहेका बालबालिकाका लागी कम्तिमा ३ महिने उपचात्मक कक्षाको प्रबन्ध गरिनुपर्दछ । यस्ता कक्षाहरुमा ति बिद्यार्थीहरुले अझ सहज तरिकाले आफ्ना सिकाई समस्याहरुलाई राख्न सक्छन् र शिक्षकहरुले पनि समस्यामा आधारित समाधान खोजी सिकाई क्रियाकलाप सञ्चालनगर्न सक्छन् ।

२. पढाई चौतारीः टोल टोलमा पढाई समूहहरु गठन गरि पढाई चौतारहिरु सञ्चालन गर्न सकिन्छ । जसका लागी त्यस टोलमा सबै भन्दा बढी पढेलेखेका ब्यक्तिहरुको स्वयंसेवी तरिकाले सहयोग लिन सकिन्छ ।

३. अतिरिक्त क्रियाकलाप सञ्चालनः पढाईलखाई वा सिकाई केन्द्रित अतिरिक्त क्रियाकलापको सञ्चालन गर्न सकिन्छ । सामान्यतया खेलकुद, निश्चित बिषयवस्तुमा केन्द्रित बत्तृत्वकला, बादविबाद जस्ता क्रियाकलाहरु सञ्चालन भएका देखिन्छन् । त्यसैले गणित, भाषा, बिज्ञान आदि जस्ता बिषयहरुमा यस्ता खाले अतिरिक्त क्रियाकलापले बिद्यार्थीहरुलाई रमाउदै सिक्दै वातावरण तयार गर्दछ र बिद्यार्थीहरुको सहभागिता बढाउन सहयोग पुर्याउँछ ।

४. नमुना गुणस्तरिय बिद्यालय र नियमित मूल्यांकनः पालिका स्तरबाटै गुणस्तरिय शिक्षा प्रर्बद्धन र सुनिश्चितताका लागी आफ्नो पालिकाको आवश्यकतामा आधारित आधारभूत बिद्यालय लक्षित गुणस्तरिय शिक्षाका लागी नमुना बिद्यालय मापदण्ड तयार गर्ने जस्ले सिकाई लाई मूख्य रुपमा जोड दिने र राम्रा बिद्यालयहरुलाई प्रोत्साहन वा पुरस्कारकार को प्रबन्ध गर्न सकिन्छ र सूचकका आधारमा नियमित मूल्यांकन, समिक्षा र सुधार योजना बनाउन सकिन्छ ।

५. बालमैत्री पुस्तकालय सञ्चालनः सन्र्दभ सामग्रहिरु बलबालिकाको सिकाइका लागी अत्यावश्यक मानिन्छन् जसले पाठ्यक्रमले तोकेका सिकाई उपलब्धी पुरा गर्न मद्धत गर्छ नै यसका अलावा ज्ञानको बृहत्तर आयामहरुको स्वाद लिने पनि अवसर प्रदान गर्दछ । हाम्रो अभ्यासमा बिद्यालय स्तरमा पुस्तकालयको ब्यवस्था त गरिएको छ र त्यसलाई प्रभावकारी ब्यवसथापन र सञ्चालन गर्नुपर्ने आवश्यकता छ । मैले यहाँ भन्न खोजेको कुरा चाही पालिका स्तरमा स्थानीय सरकार बाटै सञ्चालन र ब्यवसथापन हुने पुस्तकालयको हो ।

६.शैक्षिक सिकाई भम्रणः बिद्यार्थी शिक्षकका लागी मात्रै नभई बि.ब्य.स र अभिभावकहरुका लागी पनि शैक्षिक सिकाई भम्रणहरु हुन जरुरी हसन्छ ताकि राम्रा बिद्यालयमा भएगरेका असल अभ्यासहरुलाई अवलम्बन गरि शैक्षिक सुधार गर्न सकियोस् । यस्ता भम्रणहरु अन्तर पालिका, जिल्ला वा देशभित्रका कुनै पनि बिद्यालयहरुमा हुनसक्छ ।

७. भर्चुअल (online) सिकाई मञ्चको विकास र प्रर्बद्धनः शिक्षक र बिद्यार्थी दुबैका लागी भर्चुल सिकाई मञ्चहरुको विकास र प्रर्बद्धनमा पालिका स्तरबाटै जोड दिन आवश्यक छ जसले गर्दा शिक्षा क्षेत्रमा आएका नविनतम अवधारणा, सिकाई प्रबिधिमा सिकाई गर्न सहजता हुन जान्छ । बिद्यालय प्रबिधिमै सिकाईको भौतिक ब्यवसथापन र बिद्यार्थीहरुमा त्यसको उचित रुपमा पहुँच हुन जरुरी हुन्छ ।

८. नियमित र निरन्तर मूल्यांकनः बिद्यार्थीहरुले तोकिएको समयमा पाठ्यक्रमले तोके अनुसार सिकाई पुरा गर्यो गरेन भनेर निरन्तर र नियमित रुपमा म्ूाल्याकंन गर्ने र तद्अनुरुप सिकाई क्रियाकलापलाई परिमार्जन गर्दै जान सहयोग पुग्दछ । अझ पालिका स्तरबाट मापदण्डयुक्त आवधिक मूल्यांकन गर्ने र नतिजाको आधारमा बिद्यालयमा शैक्षिणिक सहयोग पुर्याउने खालका योजनाहरु कर्यान्वयन गर्नु जरुरीछ ।पालिका बाट हुने सुपरिवेक्षण प्रणालीलाई पनि समग्र बिद्यालयको भौतिक, शिक्षक समस्या र प्रशासनिक क्षेत्रमा मात्रै नभई कक्षामा आधारित सुपरिबेक्षण गर्ने गरेमा सिकाई उपलब्धीमा सहयोग पुर्याउँछ ।

९. सिकाई थलो अर्थात बिद्यालय सबै समूदायका बिद्यार्थीहरुका लागी सुरक्षित, संरक्षित र सहयोगी हुनुः भयसहित, अशान्ति, त्रास र डरको वातावरण सिकाई प्रभावकारी र दिगो हुन सक्दैन । त्यसकारण पालिकाले आफ्नो शैक्षिक प्रणालीमा कुनै बिद्यार्थी शिक्षकलाई अवहेलित हुने, भेदभाव खेप्नु पर्ने, बिभिन्न हिंसा, दुब्र्यव्यवहार र प्राकृतिक बिपद् बाट पर्न सक्ने घटनाहरुबाट बच्ने खालका कार्यक्रमहरु सुनिश्चित गर्नु पर्दछ । अहिले अभ्यासमा आईरहेको जस्तै बिभिन्न सरोकारवालाहरुको आचार संहिता निर्माण र कार्यान्वयन, गुनासो सुनुवाई सन्यन्त्रको प्रभावकारी कार्यान्वयन, लैङ्गिक सम्पर्क शिक्षक, सुरक्षित बिद्यालय सम्पर्क शिक्षक, बालिबालिका माथि हुने हिंसा बिरुद्ध सचेतनामूलक क्रियाकलाहरु आदिको प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।

१०. शिक्षक–बिद्यार्थीको नियमितताः सिकाई उपलब्धी सुधार वा सिकाईमा सुधार हुनका लागी कक्षाकोठामा शिक्षक तथा बिद्यार्थीको नियमितता अनिबार्य शर्त हो । कहिकतै अभ्यासमा शिक्षकहरु समयमै बिद्यालयमा नपुग्ने, कक्षाकोठामा पुरै समय नबिताउने, योजनाबद्ध र सिकाई सामग्री रहित पठनपाठन गर्ने पनि छ, यस्तो अवस्थामा सुधार हुन आवश्यक छ । त्यस्तै गरिकन बिभिन्न समस्याका कारण बिद्यार्थीहरु समयमै बिद्यालय उपस्थित हुन नसक्ने, नियमित नहुने हुनाले नियमित रुपमा सिक्नु पर्ने कुराहरु छुटिरहेका हुन्छन् ।एक अध्ययन अनुसार दैलेख जिल्लाको गुराँस गाउँपालिकामा औषत उपस्थित दर ७९ प्रतिशत रहेको पाईयो तर कतिपय बिद्यालयहरुको बिद्यार्थीको उपस्थिति दर ५० प्रतिशतको हाराहारीमा रहेको देखियो ।तसर्थ बिद्यार्थी तथा शिक्षकको नियमितता अनुगमन गर्ने (Attendance tracking) र तद्नुरुप सुधारका प्रयासहरु लागु गर्न पालिकाले अनुगमन मूल्यांकन प्रणलीको विकास गर्न सक्छ ।

ङ) बिद्यालयमा गुणस्तरिय वातावरण निर्माण

बिद्यालयको न्यूनतम सक्षमताको अवस्थालाई सुदृढ नगरिकन बिद्यालयको शैक्षिक वातावरण लाई उकास्न सकिदैन । त्यसकारण राम्रो सिकाइका लागी राम्रो बिद्यालय र राम्रो शिक्षण हुनु जरुरी छ। त्यसका लागी बिद्यालयको सुदृढ नेतृत्व तथा ब्यवस्थापन अपेक्षा गरिन्छ, राम्रो र प्रयाप्त भौतिक सुबिधाहरु (कक्षाकोठा, पहूँचयोग्य सफा बालमैत्री खानेपानी, छुट्टाछुट्टै शौंचालय, खेलमैदान, शैक्षिक सिकाई तथा खेल सामग्रीहरु, सूचना तथा प्रबिधिको पहूँच आदिको पनि सुनिश्चितता गरिनु पर्दछ ।

उल्लेख गरिएका प्रयासहरु बाहेक बिद्यालय निरन्तरताका लागी छात्रबृति, दिवाखाजा, सेनिटरी प्याडको ब्यवस्था आदि जस्ता प्रभावकारी कार्यक्रहरु पनि सञ्चालनमै रहेका छन् जुन निरन्तर र प्रभावकारी हुन आवश्यक छ ।यि बाहेक पालिकाको शिक्षा शाखा, शिक्षा समितिले बिभिन्न नविनतम् कार्यक्रहरुको विकास र प्रर्बद्धन गर्ने अवसर त छदैछ । र हामीले बालबालिकालाई किन पढाउने ? भन्नेको उत्तर अर्थात प्रतिष्प्रर्धी, योग्य,कर्मठ, गरिखाने, अनुशासित, आर्दश राष्ट्रलाई आवश्यक शिक्षाले तोकेको उद्धेश्य अनुसार नागरिक तयार हुनेछ ।

यो लेखसँग सम्बन्धित विचारहरु लेखकका निजि धारणा हुन् ।



Leave a comment

Your email address will not be published.


*