जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय

रुकुम पश्चिम : जिल्लाको चौरजहारी नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १६ औं नगरसभाले फागुन १ जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ऐतिहासिक महान जनयुद्ध सुरु भएको दिनको अवसरमा २०७९ फागुन १ गते चौरजहारी नगरपालिकाभर उल्लासपूर्ण वातावरणमा मनाउन सार्वजनिक बिदा दिने निर्णय सभाले गरेको हो, नगरपालिकाले भनेको छ ।

तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरुवात गरेको थियो । यसैदिनको सम्झनामा हरेक वर्षको फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइदै आएको छ । रुकुम पश्चिमका स्थानीय तहहरुले यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् भने सार्वजनिक विदा समेत दिदै आएका छन् । यो वर्ष अहिलेसम्म चौरजहारी नगरपालिकाले मात्र बिदाको निर्णय गरेको छ ।

प्रतिक्रिया