अल्झिए जस्तो छ !

अल्झिए जस्तो छ !

आएन दैलोमा आएन घरमा अल्झिए जस्तो छ,
उ कसैको नआउने खबरमा अल्झिए जस्तो छ ।

प्रेमको गंगामा स्नान गराउँछु भनी आफै हरायो,
साथी सायद त्यहीँ बगरमा अल्झिए जस्तो छ ।

बा ! आमाको झुपडी बदल्न गएको हो छोरो आएन,
सुकिला रङका भव्य सहरमा अल्झिए जस्तो छ ।

प्रियसीलाई चिनो जालेरुमाल किनेको थिएँ,
तर, उ अर्कैको मफलरमा अल्झिए जस्तो छ ।

जिन्दगी मुश्किल लागेपछि उसलाई पुकारेको हुँ,
लागिरहेछ मृत्युु पनि सफरमा अल्झिए जस्तो छ ।

प्रतिक्रिया