प्रिया ! कुकुर जस्तै छन् तिम्रा यादहरु पनि,(गजल)

प्रिया ! कुकुर जस्तै छन् तिम्रा यादहरु पनि,(गजल)

 

कुन्नि के लिन आउँछन् के दिन आउँछन् ?
मलाई हरपल पछ्याउँदै किन आउँछन् ?

प्रिया ! कुकुर जस्तै छन् तिम्रा यादहरु पनि,
जति भाग्न खोज्यो उति झम्टिन आउँछन् ।

ज्युँदा मान्छे हुन् कहिल्यै सम्झिन नमान्ने,
बरु मुर्दा मसान बनेर सम्झिन आउँछन् ।

हतार हतारमै बितेका मेरा अतीतहरु,
आज फुर्सदमा फेरि ती बल्झिन आउँछन् ।

मित्रहरु पो रहेछन् यात्रासँगै छुटेर जाने,
शत्रु त दैनिक दोबाटोमा पर्खिन आउँछन् ।

प्रतिक्रिया